शीर्ष नेताहरुलाई वृद्धभत्ता खाएर बस्न सांसद पौड्याल आग्रह

काठमाडौँ । राष्ट्रिय सभा सदस्य डा. विमला राई पौड्यालले शीर्ष नेताहरुलाई वृद्धभत्ता खाएर बस्न आग्रह गरेकी छन् । मंगलबार राष्ट्रियसभामा भएको बजेट छलफलमा भाग लिँदै उनले वृद्धभत्ता पाउने उमेर ६८ वर्ष बनाएकामा आपत्ति जनाइन् । उनले ६८ वर्षमा नै काम गर्न नसक्ने भन्ने हो भने प्रधानमन्त्रीसहित शीर्ष नेताहरु भत्ता खाएर बस्नुपर्ने धारणा राखेकी हुन् । […]