महान्यायाधिवक्ता रमेश वडालले दिए राजीनामा

महान्यायाधिवक्ता रमेश वडालले राजीनामा दिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष उनले राजीनामा दिएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सत्ता बहिर्गमन हुने भएपछि उनको कानूनी सल्लाहकारको भूमिका निर्वाह गर्दै आएका वडालले राजीनामा दिएका छन् ।   प्रतिनिधिसभा पुनःस्थापना भएसँगै प्रधानमन्त्री पनि फेरिने भएपछि वडालले राजीनामा दिएका छन् । उनी २०७७ चैत्र ६ गते महान्यायाधिवक्ता नियुक्त भएका थिए । नियुक्त भएको २ दिनपछि चैत्र ८ गते उनले पदभार ग्रहण गरेर कार्यभार सम्हालेका थिए । मंगलवार साँझ राष्ट्रपति विद्यादेवी भ...