काठमाण्डौका विभिन्न ठाउँमा आज बत्ती जाने

काठमाण्डौ - काठमाण्डौका विभिन्न ठाउँमा आज बिजुली जाने भएकाे छ ।  साँखु, गोठाटार र कोटेश्वरमा आज बत्ती जाने नेपाल विद्युत प्राधिकरण बानेश्वर वितरण केन्द्रले जनाएको छ । यी क्षेत्रमा आज बिहान ११ बजेदेखि दिउँसो साढे २ बजेसम्म साँखु फिडर अन्तर्गतका विद्युत काटिने केन्द्रले जनाएको छ । यो फिडर अन्तर्गतका विद्युत बन्द गरिँदा गोकर्णेश्वर चौतारा, नाम्गेल, वीपी चोकदेखि सुन्दरीजल मेलम्ची दोबाटो काठमाण्डौ उपत्यका खानेपानी प्रशोधन केन्द्र र त्यसै सडकखण्ड क्षेत्रमा बत्ती जानेछ । यस्तै कोटेश्वर फिडर अन्तर्गतका विद्युत दिउँसो साढे १ ब...

सम्बन्धित सामग्री

झिलिमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर दुईको मृत्यु

काठमाडौं, ७ कार्तिक । दीपावलीका लागि झिलिमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर धनुषामा आज दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका २२ बसबिट्टी निवासी १९ वर्षीय अमित मिश्र र जनकपुरधाम उपमहानगरपालिका–९ निवासी १४ वर्षीय शिवराज यादव रहेको प्रहरीले जनाएको छ । दुवै जना आफ्नै घरमा दीपावलीका लागि झिलिमिली बत्ती जोड्ने क्रममा करेन्ट […]

पितृ मोक्षका लागि बत्ती बालिँद

ललितपुर । पितृ मोक्ष र उद्धारका लागि आज बिहीबार साँझ देशभरका शिवालयमा बत्ती बालिँदै छ । यही र अघिल्लो वर्ष मृत्यु भएकाको सम्झना र उद्धारका निम्ती बत्ती बाल्ने परम्परा छ । हरेक वर्ष मंसीर कृष्ण त्रयोदशी साँझ बालिने बत्तीले पितृ मोक्ष एवं उद्धार हुने जनविश्वास छ । कसै–कसैले हरेक वर्ष नै शिवालयमा गई बत्ती बाल्ने […] The post पितृ मोक्षका लागि बत्ती बालिँद appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

खानी विभाग चोक र टुकुचामा ट्राफिक बत्ती जडान

काठमाडौं–काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनलाई थप प्रविधिमैत्री बनाउनका लागि खानी विभाग चोक र टुकुचामा नयाँ ट्राफिक बत्ती जडान गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले विभिन्न संघसंस्थाको सहकार्यमा आज थप दुई स्थानमा ट्राफिक बत्ती जडान गरेको हो । महाशाखाले खानी विभाग चोकमा एनसेलसँगको सहकार्य र टुकुचामा काठमाडौँ महानगरपालिका–१ को सहकार्यमा ट्राफिक बत्ती जडान गरी सञ्चालनमा ल्याएको […]

कुमारी बैंकद्वारा नक्साल भगवती स्थानमा ट्राफिक संकेत बत्ती जडान

काठमाडौं । कुमारी बैंक लिमिटेडले महानगरीय ट्राफिक प्रहरीको समन्वयमा काठमाडौं महानगरपालिका वडा नं १, नक्साल भगवती मन्दिर चोकमा ट्राफिक संकेत बत्ती जडान गरेको छ ।बैंकले उक्त ट्राफिक संकेत बत्ती आज आयोजित कार्यक्रममा महानगरीय ट्राफिक प्रहरी महाशाखालाई हस्तान्तरण गरी संचालन गरिएको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त ट्राफिक संकेत बत्ती जडान गर्न सहयोग गरिएको जनाएको छ । उक्त ट्राफिक संकेत बत्तीको बैंकका प्रमुख संचालन अधिकृत रामचन्द्र खनाल तथा महानगरीय ट्राफिक प्रहरी महाश

सुदूरपश्चिममा बत्ती बाल्ने महिना सुरु, आज हर्यालो हालिने

बैतडी : बैतडीसहित सुदूरपश्चिम प्रदेशमा आजदेखि बत्ती बाल्ने महिनाका रुपमा मनाइँदैछ। धार्मिक महिनाका रुपमा समेत चिनिने साउन महिनालाई बत्ती बाल्ने महिना अर्थात् स्थानीय भाषामा ‘कालो महिना’ भनिन्छ। साउने संक्रान्तिदेखि बैतडीसहित सुदूरपश्चिमका जिल्लामा साउनलाई विशेष धार्मिक महिनाका रुपमा लिई मन्दिरमा पाठपूजा गर्ने चलन रहिआएको छ।साउनको महिना देवीदेवता बैकुण्ठमा शयन गर्ने अर्थात् सुत्ने भएकाले यस महिनालाई कालो महिना भन्ने गरिएको पण्डित दयाकृष्ण पन्तले बताए। ‘साउनको महिना सबैतिर हरियाल

धादिङका धेरैजसो ठाउँमा आज ९ घण्टासम्म बत्ती जाने

काठमाण्डाै - धादिङका विभिन्न ठाउँमा आज बत्ती जाने भएको छ । देवघाट सब-स्टेसनको धादिङ वितरण केन्द्रअन्तर्गत ३३ केभी फिडरअन्तर्गत पर्ने बुद्धसिङघाट र केउरेनीमा सडक विस्तारको क्रममा केही पोलहरु सार्नुपर्ने भएकाले आज ९ घण्टा बत्ती जाने भएको हो ।  जहरे, धादिङबेँसी र सल्यानटारका सबै ठाउँहरुमा अहिले बिहान ७ बजेदेखि दिउँसो ४ बजेसम्म बत्ती जाने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।  आज थाक्रे, गल्छी, गजुरी, बेनीघाट रेराङ, सिद्धलेक, ज्वालामुखी, निलकण्ठ, नेत्रावती, त्रिपुरासुन्दरी, गंगाजमुना, आरुघाटलगायत ठाउँमा ९ घ...

आज वाग्मती प्रदेश र प्रदेश-२ का विभिन्न ठाउँमा १० घण्टासम्म बत्ती जाने

काठमाण्डाै - देशका विभिन्न ठाउँमा आज पनि बत्ती जाने भएको छ । नेपाल विद्युत प्राधिकरणले निकालेको सूचनाअनुसार प्रदेश-२ र वाग्मती प्रदेशका विभिन्न ठाउँमा १० घण्टासम्म बत्ती जाने भएको हो । प्रदेश-२ को जनकपुरमा रहेको सिमरा वितरण केन्द्र अन्तर्गत ११ केभी क्षमताको पर्वानीपुर इन्ड्रष्ट्रीयल फिडर अन्तर्गत पर्ने जितपुर क्षेत्रका उद्योगहरुमा बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म बत्ती जाँदैछ । यस्तै वाग्मती प्रदेशको भरतपुर वितरण केन्द्र अन्तर्गत कल्याणपुर फिडर, भरतपुर २ फिडर, भृकुटी फिडर र इन्ड्रष्ट्रीयल २ फिडर अन्तर्गतका क्षेत्रहरुमा पनि आज ला...

महाराजगञ्ज वितरण केन्द्र अन्तर्गतका क्षेत्रमा तीन घण्टा बत्ती जाने

काठमाण्डौ - काठमाण्डौको महाराजगञ्ज वितरण केन्द्र अन्तर्गतका क्षेत्रहरुमा आज बत्ती जाने भएको छ। महाराजगञ्ज, कपनमार्ग, मण्डिखाटार, रुद्रमती, फाट, गोल्फुटारलगायत ठाउँमा आज तीन घण्टा बत्ती जाने भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।  महाराजगञ्ज वितरण केन्द्रको बाँसबारी फिडरअन्तर्गत पर्ने गङ्गालाल हस्पिटलदेखि गोल्फुटार क्षेत्रमा ११ मिटर पोल गाड्ने कामका लागि दिउँसो १ बजेदेखि ४ बजेसम्म लाइन काटेर काम गर्न लागिएको प्राधिकरणले विज्ञप्ति निकालेर जानकारी गराएको छ । यस्तै आज प्रदेश-२ को जनकपुरमा रहेको राजविराज वितरण के...

काठमाण्डौका विभिन्न ठाउँमा आज पनि बत्ती जाने

काठमाण्डौ - काठमाण्डौका विभिन्न ठाउँमा आज पनि बत्ती जाने भएको छ । बालाजु वितरण केन्द्र, महाराजगञ्ज वितरण केन्द्र र बुढानीलकण्ठ उपवितरण केन्द्रअन्तर्गत फिडरहरुमा मर्मतको काम गर्नुपर्ने भएकाले लाइन काट्न लागिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । बालाजु गोलढुङ्गा फिडर अन्तर्गत पर्ने शेषमति, गोलढुङ्गा, लोलाङ, चिसापानी, ओशो एरिया, तीनपिप्ले, ठूलाखोला, छत्रेदेउराली, जितपुर फेदिलगायतका क्षेत्रमा आज बिहान ९ बजेदेखि १२ बजेसम्म बत्ती जाने प्राधिकरणले जनाएको छ । यस्तै बुढानीलकण्ठ उपवितरण केन्द्रको शिवपुरी फिडरअन्तर्गतका डाँ...

काठमाण्डौका विभिन्न ठाउँमा आज पनि बत्ती जाने

काठमाण्डौ - काठमाण्डौका विभिन्न ठाउँमा आज पनि बत्ती जाने भएको छ ।  फुटुङ, पद्मसाल, चिम्बर पोखरी, साङ्लाफाँट, जरङ्खु, काभ्रेस्थली, देवीस्थान, ठूलो इनार, खुलालटार, थापागाउँ, नागपोखरी, संगमफाँटलगायतका क्षेत्रमा बिहान १० बजेदेखि १२ बजेसम्म बत्ती जाने नेपाल विद्युत प्राधिकरणले जनाएको छ । बालाजु वितरण केन्द्रमा पर्ने धर्मस्थली फिडर मर्मत गर्नुपर्ने भएकाले त्यस फिडरबाट विद्युत सप्लाइ हुने क्षेत्रमा बिजुली जाने भएको हो । तोकिएको समय अगावै काम सकिएमा दिउँसो १२ बजेअघि नै विद्युतको लाइन जोडिने प्राधिकरणल...