भुसालको अन्त्येष्टि पशुपतिमा

नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सदस्य तथा अर्घाखाँची जिल्ला सहइन्चार्ज यमुना भुसालको निधन भएको छ । लामो समयदेखि कम्युनिष्ट आन्दोलनमा लागेकी नेतृ भुसालको काठमाडौं न्यूरो अस्पतालमा उपचारका क्रममा गएराति निधन भएको हो ।भुसालको शुक्रबार पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिएको छ । भुसालको पार्थिव शरीरमा पार्टीका सम्मानित नेता झलनाथ खनालले पार्टीको झण्डा ओडाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन् ।

सम्बन्धित सामग्री

गोरखापत्रकर्मी भुसाललाई पितृशोक

गोरखापत्र संस्थानको उत्पादन विभागका निर्देशक ओमप्रकाश भुसालका पिता पोमनारायण (हरिप्रसाद) भुसालको ७६ वर्षको उमेरमा बुधबार बिहान निधन भएको छ । उहाँको पार्थिव शरीरलाई पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।