कांग्रेसमा वरीयता विवाद : मधेश सम्मेलनमा गएनन् कोइराला, निधि दर्शकदीर्घामा

नेपाली कांग्रेसमा नेताहरूबीच वरीयताको विवाद चर्किएको छ । १४ औँ महाधिवेशनपछि नेताहरूबीच निरन्तर वरीयताको विवाद छ । तर पछिल्लो समय पार्टीका सम्मेलनहरूमा वरीयता विवाद चुलिएको छ । बिहीबार मधेश प्रदेशको सम्मेलनबाट नेताहरूबीचको यस्तो विवाद झन् छताछुल्ल भयो ।