माथिल्लो तामाकोसीको लागत ६० अर्ब, थपियो २४ अर्ब भार

१८ जेठ, काठमाडौं । भूकम्प र नाकाबन्दीसँगै ठेकेदार कम्पनीले समयमै काम सम्पन्न नगर्दा बहुप्रतिक्षित जलविद्युत आयोजना माथिल्लो तामाकोसीको लागत २४ अर्बले बढ्ने देखिएको छ । ४५६ मेगावाट क्षमताको यो आयोजनाको लागत २०६६ सालमा ३५ अर्ब २९ करोड ४१ लाख अनुमान गरिएको थियो । तर, आगामी वैशाखमा निर्माण सम्पन्न हुँदा लागत ६० अर्ब …

सम्बन्धित सामग्री

द्रुतमार्गमा विलम्ब हुँदाको असर

सडक मार्ग नेपालको सन्दर्भमा ज्यादै भरपर्दो मानिन्छ । तर, हाम्रो जमीनको बनावट र विकटताका कारणले पछिल्लो वर्ष सडक पनि कतै समस्या बनिरहेको अवस्था छ । जनसंख्याको असमान वितरण तथा चट्टानले ढाकिएको जमीन धेरै भएकाले पनि नेपालमा सडक विकास ज्यादा खर्चिलो बन्दै गएको छ । दिगो विकासको अवधारणाअनुसार विकास निर्माणका कामहरू गर्दा वातावरणीय पक्षलाई ज्यादा ख्याल गरिएको हुनुपर्छ । तर, हामीहरूले त्यस्ता जटिल र मानवलाई प्रत्यक्ष असर गर्ने महत्वको बारेमा पनि खासै ध्यान  दिइरहेका छैनौँ ।  तराई मधेश द्रुतमार्गको थालनी विसं २०७४ मा भएको थियो । नेपाली सेनाले निर्माणको जिम्मा पाएको यस कार्य समयमा नै सम्पन्न गर्न नसकिने देखिएको छ । समयमा आयोजनाको काम नसक्दा लागत वृद्धि भएको छ । २०७९ को चैतसम्ममा आयोजना निर्माणका लागि ४१ अर्ब ३६ करोड रुपैयाँ खर्च भएको छ । यसमध्ये २६ किलोमीटर ३८० मीटर खण्डको भने अभैm ठेक्का व्यवस्थापन गर्न सकिएको छैन । यसको खोकना तर्फको खण्डको लम्बाइ ६ किलोमीटर ५०० मीटर लामो रहेको छ । यस आयोजनाको हालसम्म सातओटा प्याकेजको मात्र ठेक्का व्यवस्थापन भएको छ ।  समय थपिएपछि लागत २ खर्बभन्दा धेरै हुने देखिन्छ । जति समय थपियो त्यही दरमा आयोजनाको लागतसमेत बढ्न जाने भएकाले स्वतः आयोजना खर्चिलो र आर्थिक रूपमा बोझिलोसमेत बन्ने देखिन्छ । चर्चित मेलम्ची खानेपानी आयोजना होस् या माथिल्लो तामाकोशी नै किन नहोस् दुवैको लागत उच्च मात्रामा वृद्धि भएको छ ।  नेपालमा समयमा नै आयोजनाहरू सम्पन्न हुन नसक्नुको अर्को कारण छोटो समयमा नै आयोजना स्थलका लागि आवश्यक पर्ने जग्गाको अधिग्रहण गरी काम अगाडि बढाउन नसक्नु हो । द्रुतमार्गको विवाद मिलाउन नै लामो समय बिताउनु पर्दा थप समस्या परेको हामीले देखे सुनेकै छौं । हाल ठेक्कासम्बन्धी विवाद समाधान गर्न विसं २०८० वैशाख ५ गते बसेको मन्त्रिपरिषद् बैठकले चासोका साथ काम गर्ने भनेको छ । रक्षामन्त्रीको संयोजकत्वमा समिति बनाउने निर्णय गरेको छ । यस समितिको कार्यभार भने स्थानीयहरूसँग समन्वय गरी जमीनसम्बन्धी विवाद ३ महीनाभित्र मिलाउने रहेको छ ।  हाम्रो देशमा सबै आयोजना समयभन्दा ढिला गरी सम्पन्न हुने गरेका छन् । सेनाको क्षमता र प्राविधिक ज्ञानको भरपुर उपयोग गरेर द्रुतमार्ग निर्माणका लागि राज्यले अनेक स्रोतको जोहो गर्दै रकम जुटाएर काम थालनी गरेको पनि ६ वर्ष भइसकेको छ । नाम भने द्रुतमार्ग रहेको छ तर त्यसको निर्माणको गति भने ज्यादै सुस्त रहेको छ ।  यस आयोजनाको थालनीमा ७६ अर्ब रकम खर्च गरी निर्माण गरिने भने पनि अब उक्त लागत बढेर १ खर्ब भएको पाइएको छ । आयोजनाको काम र प्रगति हेर्ने हो भने सेनाले समयमा नै कार्य सम्पन्न गर्न सक्छ भन्ने निश्चित छैन । खासगरी ज्यादा कठिन स्थानमा र कच्ची सडक निर्माणमा सेनाको कार्य प्रभावकारी बन्ने तर्क सडक विभागका अधिकारी राख्छन् । सेनालाई सडकको रेखांकन गर्न र अन्य कठिन अवस्थाको बेलामा मात्र कार्यमा खटाउन उपयुक्त हुने सरोकारवाला निकायका उच्च तहका व्यक्तिहरू बताउँछन् ।  आयोजनाका लागि आवश्यक सुरुङ निर्माण पनि दुई खण्ड गरेर ठेक्का गरिएको छ । आयोजनाको कार्य सम्पादनका लागि दुई कम्पनीलाई जिम्मा दिइएको छ । आयोजनाअन्तर्गत उक्त काम ३ वर्षभित्र सक्ने गरी २०७८ वैशाख ३१ गते ती दुई ठेक्का सम्झौता भएको हो । उक्त सम्झौताअनुसार सुरुङ निर्माण १४ महीनामा सकिसक्नुपर्नेछ । तर, उक्त कामको प्रगति भने जम्मा २० प्रतिशत मात्र भएको छ । यसैगरी छोक्रेडाँडादेखि धेद्रेसम्म ३ किमी ३ सय ५० मीटर लामो सुरुङमध्ये आहिलेसम्म जम्मा ६७६ मीटर र ३ किमी ३०० मीटर लामो रहेको धेद्रेदेखि लेनडाँडासम्म ६६२ मीटर सुरुङ खनिएको छ ।  द्रुतमार्ग आयोजनाको व्यवस्थापनको जिम्मा सेनाले लिएको ६ वर्षमा ४१ अर्ब ३६ करोड रुपैयाँ खर्च भएको छ । समय बाँकी रहँदै किन आयोजनाको म्याद थपिएको होला भन्ने आम चासो पनि नभएको होइन, कोभिडले प्रभावित अन्य आयोजनाको म्याद १ वर्ष ९ महीना थप गरिएको थियो । यसलाई नै आधार मानेर यस आयोजनाको पनि समय २० महीना बाँकी रहँदै २८ महीना थप भएको छ । अब थप गरिएको म्याद २०८३ चैत महीनासम्म रहेको छ । पहिलेको समय नै २०८१ मङ्सिरसम्म रहेको थियो । हरेक आयोजनाका आपैmमा महत्वको रहन्छ । तसर्थ समयमा नै स्तरीय कार्यका साथ देशले नै गर्व गर्नलायक र दूरगामी प्रभाव पार्ने आयोजना निर्माणमा सबै सरोकारवाला निकाय ज्यादै गम्भीर रहँदै कार्य सम्पन्न गर्न सक्नुपर्छ । तब मात्र हामीले गौरव गर्न सक्छौं ।  लेखक सुदर्शन अधिकारी विश्वशान्ति कलेजका समाजशास्त्रका अध्यापक हुन् ।

भेरिएसनले धरहराको लागत १२ करोड थपियो

काठमाडौं, फागुन ११ । निर्माणाधीन धरहरा परिसरमा केही पूर्वाधारका संरचना थप गर्नुपरेपछि धरहराको लागत १२ करोड रूपैयाँ थपिने भएको छ। निर्माणाधीन धरहरा परिसरमा केही संरचनाको डिजाइन परिवर्तन गर्दा थप १२ करोड रूपैयाँको व्ययभार थपिएको हो। सुरुमा ठेक्का सम्झौता हुँदा धरहरा परिसरको लागत तीन अर्ब आठ करोड ११ लाख रूपैयाँमा भएको थियो। अहिले भने धरहराको डिजाइन […]

बहुवर्षीय ठेक्कामा ७१ योजना

– ६६ योजनाको लागत अनुमान आठ अर्ब, विनियोजन एक अर्ब– ६ अर्ब ९० करोड ३३ लाख ९० हजार अनिवार्य दायित्व थपियो धनगढी-सुदूरपश्चिम प्रदेश सरकारले चालू आर्थिक वर्षको ६ महिनामा ७१ वटा योजनालाई बहुवर्षीय ठेक्का लगाएको छ ।भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत पूर्वाधार विकास कार्यालयहरूले ६६ वटा र सामाजिक विकास मन्त्रालयअन्तर्गतका पाँचवटा योजना बहुवर्षीय योजनाको रूपमा सञ्चालन […]

तारे होटेलमा ‘चेन ब्रान्ड’ थपियो

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमणकै बीच पाँचतारे होटेलमा अर्काे नयाँ अन्तरराष्ट्रिय चेन ब्रान्ड ‘हायात प्लेस’ थपिएको छ । व्यवसायलाई विविधीकरण गर्दै आएको गोल्यान समूहको लगानीमा काठमाडौंको सोल्टीमोडस्थित ‘हायात प्लेस काठमाडौं’ सञ्चालनमा आएको हो । पाँच तारेस्तरको उक्त होटेलको शनिवार औपचारिक उद्घाटन गरिएको छ । रू. ५ अर्ब लगानीमा उक्त होटेल निर्माण भएको हो । कोरोना भाइरस संक्रमण कायमै रहेका बेला यो होटेल सञ्चालनमा आएको छ । कोरोना भाइरस संक्रमण घट्दो र पर्यटक पनि आउन थालेको हुँदा होटेल सञ्चालनमा ल्याएको ग्रूपका अध्यक्ष पवन गोल्यानले बताए । केही समयअघि सरकारले पर्यटकका लागि नेपाल खुला गरेसँगै पर्यटकीय सिजन अक्टोबरमा नेपालमा धेरै पर्यटक आएका छन् । नेपालको पर्यटन क्षेत्रल २०१९ को अवस्थामा आइपुग्न सन् २०२५ सम्म कुर्नुपर्ने आकलन व्यवसायीहरूको रहेका बेला अन्तरराष्ट्रिय चेन ब्रान्ड होटेल सञ्चालनमा आएको छ । ‘होटेल सञ्चालन गर्न हामी २ वर्ष ढिला भइसकेका छौं,’ उनले भने, ‘होटेल निर्माण थालेको झन्डै ६ वर्ष भइसक्यो, कोरोना भाइरसका कारण २ वर्ष निर्माणमा ढिला भएको हो ।’ २०७३ मा ३ वर्षभित्र होटेल सञ्चालन गर्ने भनिए पनि कोरोनाका कारण थप २ वर्ष ढिलाइ भएको उनको भनाइ छ । चेन ब्रान्ड भएको हुँदा विदेशी पर्यटक लक्षित भए पनि यहाँ स्वदेशीहरूलाई पनि उत्तिकै प्राथमिकता दिने उनले बताए । होटेलको योजना अघि बढाउँदा रू. ४ अर्ब लगानी हुने भनिए पनि २ वर्षसम्म ढिलाइ हुँदा लागत पनि बढेको गोल्यानले बताए । सोमवारदेखि खुल्ने उक्त होटेल ५ तारे स्तरको हुनेछ भने तारा लिनका लागि होटेलले पर्यटन विभागमा निवेदन दिएको छ । १४ तले उक्त होटेलमा १५३ कोठा छन् भने रेस्टुराँ, बैंक्वेट, स्पा, फिटनेस सेन्टर, स्वीमिङ पुललगायत सभाहलसमेत रहेका छन् । सोल्टी होटेलबाट क्राउन प्लाजा बाहिरिए पनि नेपालमा अहिले सेराटन र हिल्टन चेन ब्रान्ड भित्र्याउने होटेल निर्माणाधीन छन् । म्यारियट, अलफ्टजस्ता चेन होटल थपिएका नयाँ ब्रान्ड हुन् । नेपालमा हायात रिजेन्सी, र्‍याडिसनलगायत होटेलहरू चेन ब्रान्डमा व्यवस्थापन हुँदै आएका छन् ।