बिरामी बोक्नका लागि प्रयोग हुने एम्बुलेन्स पछिल्ला समय अपराध कर्मका लागि दुरुपयोग गर्ने क्रम बढेको छ । विभिन्न संघ संस्थाले सञ्चालनमा ल्याएका यस्ता एम्बुलेन्स अवैध सामान ओसारपसारदेखि लागु औषधजस्ता प्रतिबन्धित बस्तु बोक्नका लागि दुरुपयोग गर्ने क्रम बढेको हो ।प्रदेश १ प्रहरीको तथ्याङ्क अनुसार विगत तीन वर्षमा नौवटा एम्बुलेन्स त्यस्ता आपराधिक क्रियाकलापमा प्रयोग भएको पाइएको छ । तीमध्ये केही एम्बुलेन्स भारतीय बजारमा गएर अवैध सामानसमेत नेपाल भित्र्याउन प्रयोग भएको देखिन्छ ।प्रदेश १ प्रहरी कार्यालयका प