बेलायती प्रधानमन्त्री जोन्सनलाई राजीनामा दिन दबाब

काठमाडौं । सरकारका प्रभावशाली केही मन्त्रीसहित झन्डै तीन दर्जन मन्त्री र सल्लाहकारहरूले राजीनामा दिएसँगै बेलायती प्रधानमन्त्री बोरिस जोन्सन ठूलो दबाबमा पर्नुभएको छ । जोन्सनका मन्त्रीमण्डलका शक्तिशालीमध्ये एक अर्थमन्त्री ऋषि सुनाक र स्वास्थ्यमन्त्री साजिद जाभेदले राजीनामा गरेको २४ घण्टा बित्न नपाउँदै जोन्सनको साथ छोड्ने मन्त्री र सल्लाहकारको संख्या तीन तीन दर्जन पुगेको बीबीसीले जनाएको छ । […]