अब भारतको आफ्नै ‘डिजिटल करेन्सी’

भारत सरकारले आफ्नो छुट्टै ‘डिजिटल करेन्सी’ ल्याउने भएको छ । विश्व अर्थतन्त्र नै क्रिप्टोकरेन्सीतर्फ गइरहेको समयमा बिटक्वाइन जस्ता डिजिटल करेन्सीको प्रयोग बढ्दै गइरहेको छ । यही विषयलाई मध्यनजर गर्दै भारत सरकारले आफ्नै डिजिटल करेन्सी ल्याउने घोषणा गरेको हो ।आगामी आर्थिक वर्ष सन् २०२२/२३ को बजेट घोषणा गर्दै केन्द्रीय वित्त मन्त्री निर्मला सितारमणले यही वर्ष सन् २०२२ मा डिजिटल करेन्सी प्रचलनमा ल्याउने बताइन । भारतको अर्थतन्त्रलाई डिजिटल बनाउने लक्ष्यसहित यस्तो कदम अगाडी बढाएको उनको भनाई