दार्चुलाको टिङ्कर ताक्लाकोट नाका सञ्चालन गर्न स्थानीय बासिन्दा र व्यवसायीको माग

दार्चुला - दार्चुलाको टिङ्कर ताक्लाकोट नाका सञ्चालन गर्न स्थानीय बासिन्दा र व्यवसायीले माग गरेका छन् । टिङ्कर नाका भएर दशकौँदेखि चीनको ताक्लाकोटसम्म परम्परागत व्यापार र आवागमन हुँदै आएकोमा सन् २०२० देखि कोभिड महामारीका कारण नाका बन्द छ । टिङ्कर नाका सञ्चालन नहुँदा दार्चुला जिल्लाको व्यास क्षेत्रका बासिन्दा र व्यापारीको जीविकोपार्जनमा असर परेको छ । नाका सञ्चालनको माग गर्दै व्यास गाउँपालिकाले केहीदिन अघि जिल्ला प्रशासन कार्यालयमार्फत् प्रधानमन्त्रीलाई मागपत्र नै बुझाएको छ । व्यास गाउँपालिकाका अध्यक्ष मङ्गलसिंह धामीले रसुवागढी...