मखमलीको माला, दीर्घायुको कामना

तिहारका लागि बिक्री गर्न मखमली फूल टिप्दै भक्तपुर, गुन्डुमा रिमा जोशी। भाइटीकामा दिदीबहिनीले दाजुभाइलाई सप्तरंगी टीका र मखमली फूलको माला लगाएर दीर्घायु र सुखद जीवनको कामना गर्छन्। कहिल्यै नओइलाउने मखमलीको माला लगाउँदा दाजुभाइको आयु लम्बिने विश्वास गरिन्छ।