दाङ – दाङको क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवारका लागि तीन जना पूर्वसहकर्मीबीच प्रतिस्पर्धा हुने भएको छ ।
सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका मेटमणि चौधरी, नेकपा एमालेबाट शान्ता चौधरी र हाम्राे नेपाली पार्टीबाट उम्मेदवार बनेकी गंगा चौधरीबीच प्रतिस्पर्धा हुने भएको हो । उनीहरू तीनै जना यसअघि एमालेमा रहेर सक्रिय राजनीति गरेका हुन् । मेटमणि चौधरी एमाले विभाजन हुँदा एकीकृत समाजवादीतर्फ लाग्नुभएको हो भने एमालेबाट शान्ता चौधरीले टिकट पाएपछि गंगा चौधरीले हाम्राे नेपाली पार्टीबाट उम्मेदवारी दि...