पोखरामा करिब ३५ प्रतिशत मतदान

कास्की - पोखरामा बिहान ११ बजेसम्म करिब ३५ प्रतिशत मत खसेको छ । पोखरामा उत्साहजनक रुपमा मतदान भइरहेको निर्वाचन कार्यालय कास्कीका प्रवक्ता रुद्र न्यौपानेले जानकारी दिनुभयो । २ लाख ७ हजार ७ सय १२ मतदातामध्ये करिब ८० हजारले मतदान गरिसकेको उहाँको भनाइ छ । पोखरामा अघिल्लो पालिका चुनावमा ७४ प्रतिशतभन्दा धेरै मत खसेको थियो । महानगरसहित पाँच पालिका रहेको कास्कीमा २ लाख ८१ हजार ८ सय ३३ मतदाता छन् । कास्कीमा १ सय ५० मतदान स्थल र ३ सय ३६ वटा मतदान केन्द्र तोकिएको छ । कास्कीमा पोखरा महानगरसहित  रुपा, माछापुच्छ्रे, ...