कोरोनाको महामारीको बीचमा नेपालीका प्रमुुख श्रम गन्तव्य मुलुकले आआफ्नै मापदण्ड बनाएर श्रमिकलाई प्रवेशमा खुला गरेका छन् । त्यस्ता मापदण्डअनुसारको व्यवस्था नेपालमा नहुँदा श्रमिक मारमा परेका छन् ।
देशमै उपलब्ध नभएको एन्टिजेन परीक्षणलाई श्रमिक प्रवेशको अनिवार्य सर्त राखेर श्रमिकलाई विमानस्थलबाटै फर्काउने कामले टिकट लिएर उड्ने तयारी गरेका श्रमिक झनै अन्योलमा परेका हुन् ।
पछिल्लो समय संयुक्त अरब इमिरेटस् (यूएई)ले लागू गरेको नयाँ मापदण्डका कारण सुर्खेत वीरेन्द्रनगर उपमहानगरपालिकाका जङ्गबहादुर शाही विमानस्थलबाट फिर्ता हुनुभयो । चार महिनाअघि यूएईबाट घर बिदामा आउनुभएका उहाँ विदेश जाने पुनः श्रम स्वीकृतिलगायतका सबै प्रक्रिया पूरा गरी मङ्गलबार ७२ घण्टाअघिको पीसीआर रि