बाह्य क्षेत्र र वित्तीय स्थायित्व कायम नगर्दासम्म मुलुकमा दिगो आर्थिक विकास हुन सक्दैनः गभर्नर अधिकारी

काठमाडाैँ- नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बाह्य क्षेत्रको स्थिरता र वित्तीय स्थायित्व कायम नगर्दासम्म दिगो आर्थिक विकास हुन नसक्ने बताएका छन्। आइतबार बैंक तथा वित्तीय संस्था परिसंघ नेपालको तेस्रो साधारणसभालाई सम्बोधन गर्दै गभर्नर अधिकारीले मूल्य स्थिरता र बाह्य क्षेत्रको स्थिरता कायम राख्ने र वित्तीय स्थायित्व कायम नगर्दासम्म दिगो विकास हासिल गर्न नसकिने बताएका हुन्। […]