कांग्रेस सहमहामन्त्री परियारको दाबी- एमालेसहित सबै दलको सहमतिमा संसदबाट एमसीसी पारित हुन्छ

सत्तारुढ नेपाली कांग्रेसका नवनिर्वाचित सहमहामन्त्री जीवन परियारले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) सहितका सबै दलको सहमतिमा सरकारले संसदबाट एमसीसी पारित गराउने दाबी गरेका छन् ।  सहमहामन्त्री परियारले एमसीसीले नेपालमा दिने अनुदान सहायता समृद्धि र विकासका लागि भएकाले सरकारले सबै दलहरूको सहमतिमा सो प्रस्तावलाई संसदबाट पारित गराउने विश्वास व्यक्त गरेका हुन् ।  नेपाल प्रेस युनियन, कास्कीले आइतवार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले एमसीसीमा राष्ट्रका लागि अहित हुने कुनै पनि विषय भए त्यसलाई हट...