‘आँगनमै खान्छौं, घरभित्रै पस्दैनौं’

गत वर्षदेखि कोरोना महामारी फैलिएसंगै संक्रमितलाई अस्पताल पुर्‍याउन एम्बुलेन्सको माग बढेको छ । संक्रमितका घर पुग्ने अग्रपंक्तिको पहिलो व्यक्ति नै एम्बुलेन्स चालक बनेका छन् । कोरोनाको दोस्रो लहर सुरु भएयता त एम्बुलेन्स चालकहरूलाई भ्याइनभ्याइ छ । संक्रमणको उच्च जोखिमका बीच उनीहरू बिरामी ओसारपसारमा खटिएका छन् ।