सिद्धार्थ बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले प्रस्ताव गरेको ४ दशमलव २१ प्रतिशत नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको आधारमा करसमेत ४ दशमलव २१ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो । हाल बैंकको चुक्ता पूँजी १४ अर्ब ८ करोड ९९ लाख ८० हजार छ ।  प्रस्तावित लाभांशसहित अन्य विविध प्रस्ताव पारितका लागि बैंकले मङ्सिर ५ गते २२औं वार्षिक साधारण सभा बोलाएको छ । सभा काठमाडौंको बालुवाटारस्थित आम्रपाली ब्याक्वेटमा उक्त दिन बिहान १० बजे बोलाइएको हो । यो साधारण सभा प्रयोजनको लागि कम्पनीले कात्तिक २१ गते बुक क्लोज गर्ने भएकाले कात्तिक २० गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।