एमालेको खनाल-नेपाल समूहले केन्द्रीय कमिटी बोलायो

काठमाडौं : नेकपा एमालेको माधवकुमार नेपाल–झलनाथ खनाल समूहले  केन्द्रीय कमिटीको बैठक बोलाएको छ। बैठक शुक्रबार बिहान ११ बजे नयाँ बानेश्वरको एक होटलमा बस्ने  एमाले नेता युवराज ज्ञवालीले जनाकारी दिए।  ज्ञवालीका अनुसार काठमाडौंमा उपलब्ध भएका सदस्यलाई बोलाएको छ। ज्ञवालीले बैठकमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हुने बताए। यसअघि बालुवाटारमा अध्यक्ष केपी शर्मा ओलीले बोलाएको केन्द्रीय समिति बैठक र संसदीय दलको बैठकमा माधव नेपाल पक्षका नेता तथा सांसदहरू सहभागी भएका थ

सम्बन्धित सामग्री

एमालेको केन्द्रीय कमिटी बैठक बस्दै

काठमाण्डाै - नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुँदैछ । बैठक बिहान ११ बजे बस्ने छ। आज र भोलि बस्ने केन्द्रीय कमिटी बैठकले पोलिटब्युरो बैठकले तय गरेका एजेण्डामाथि छलफल गर्नेछ । हिजो बसेको पोलिटब्युरो बैठकले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावको तयारी, उम्मेदवारको छनोटसम्बन्धी मापदण्ड, वर्तमान अवस्था समेटिएको अध्यक्ष केपी ओलीको राजनीतिक प्रतिवेदन पेस गर्नेलगायतका ११ एजेण्डा तय गरेको छ । त्यस्तै सङ्गठित सदस्यहरूको व्यवस्थापन, परिषद् तथा आयोगको प्रतिवेदन पेस गर्नेलगायतका एजेण्डा प...

एमालेको केन्द्रीय कमिटी बैठक आजदेखि

काठमाडौं : प्रमुख प्रतिपक्षी नेकपा एमालेको केन्द्रीय कमिटी बैठक शुक्रबर सुरु हुँदैछ।बिहीबार सम्पन्न पोलिटब्यूरो बैठकले तय गरेका एजेण्डामाथि छलफल गर्न दुई दिन केन्द्रीय कमिटी बैठक बस्न लागेको हो।बैठक ललितपुरको च्यासलस्थित बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय बस्ने प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए। पोलिटब्यूरो बैठकले मंसिर ४ गते हुने निर्वाचनको तयारी, उम्मेदवारको छनोट मापदण्ड, अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन लगायत ११ एजेण्डा तय गरेको छ।यस्तै सचिवाल

एमालेको केन्द्रीय कमिटी चैत ९ र १० मा बस्दै

काठमाडौं :  नेकपा एमालेको केन्द्रीय कमिटी बैठक चैत ९ र १० गते बस्ने भएको छ। मंगलबार पार्टी अध्यक्ष केपी ओली निवास बालकोटमा बसेको सचिवालय बैठकले केन्द्रीय कमिटी, पोलिटब्यूरो र स्थायी कमिटी बैठकको मिति तय गरेको हो।एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङका अनुसार चैत ७ गते पोलिटब्यूरो, ९ र १० गते केन्द्रीय कमिटी र १३ गते स्थायी कमिटी बैठक बस्नेछ।बैठकले निर्वाचनमा उम्मेदवार छनोटको मापदण्डका विषयमासमेत निर्णय गरेको छ। एमालेले वडाध्यक्ष र सदस्यहरुको सिफारिस वडा कमिटीबाट गर्ने र जिल

एमालेको केन्द्रीय कमिटी तथा पदाधिकारी बढ्ने

पारित भएसँगै केन्द्रीय कमिटी र पदाधिकारीको संख्या पनि बढ्ने भएको हो। बढेसँगै अब एमालेको केन्द्रीय समिति ३०१ सदस्यीय र पदाधिकारीहरुको संख्या १९ हुनेछ।...

एमालेको केन्द्रीय कमिटी बैठक स्थगित

चितवन । नेकपा एमालेको नवौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको अन्तिम बैठक स्थगित भएको छ । बिहीबार चितवनको सौराहामा बस्ने गरी तय भएको केन्द्रीय कमिटी बैठक स्थगित भएको हो । एमाले केन्द्रीय सदस्य कृष्णभक्त पोखरेलले आजका लागि तय बोलाइएको केन्द्रीय कमिटी बैठक स्थगित भएको रातोपाटीलाई जानकारी दिए । बिहीबार बेलुका सौराहामा बस्ने भनिएको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ । अब स्थगित बैठक शुक्रबार बेलुका अथवा शनिबार आवश्यकताअनुसार बस्नेछ । उनले भने । नेताहरूबीच भोलि वा पर्सी कहिले बस्ने भन्नेबा

नेकपा एमालेको केन्द्रीय कमिटी आज

काठमाडौं : नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दैछ। पार्टीको राष्ट्रिय महाधिवेशनबारे हिजोको स्थायी कमिटी बैठकले गरेका निर्णय अनुमोदन गर्न आज केन्द्रीय कमिटी बैठक बस्न लागेको हो। बैठक बिहान ११ बजे पुष्पलाल स्मृति भवन च्यासलमा बस्ने केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए।  हिजोको स्थायी कमिटी बैठकले आगामी महाधिवेशनमा १ हजार ५ सय ३६ प्रतिनिधि सहभागी गराउने निर्णय गरेको छ। स्थायी कमिटीले पास गरेको प्रतिनिधि छनोटको मापदण्ड आजको केन्द्रीय बैठकमा पेश गरिने छ। सचिव प्रद

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक जारी

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक जारी छ। ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिष्ठान भवन च्यासलमा बैठक केही बेर अघि सुरू भएको हो।

च्यासलमा एमालेको केन्द्रीय कमिटी बैठक

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक जारी छ । ललितपुरस्थित तुलसीलाल अमात्य प्रतिष्ठान च्यासलमा जारी बैठकमा विधान महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव र विधान संशोधन प्रस्तावमाथि छलफल भइरहेको छ ।विभिन्न प्रस्ताव र प्रतिवेदनमाथि आज र भोली दुई दिन छलफल गरेर पारित गर्ने तयारी रहेको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङको भनाइ छ । एमालेको विधान महाधिवेशन आगामी असोज १५ देखि १७ सम्म ललितपुरको गोदावरीमा हुदैछ भने राष्ट्रिय महाधिवेशन आगामी मंसिरमा तय भएको  छ ।

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्दै

काठमाण्डाै -  नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्दैछ । बैठक दिउँसो १२ बजे तुलसीलाल प्रतिष्ठान भवनमा बस्ने छ । पार्टी विभाजन भएपछि पहिलो पटक केन्द्रीय कमिटी बैठक बस्न लागेको हाे ।  बैठकमा १० बुँदे सहमति कार्यान्वयन प्रस्ताव सम्बन्धी स्थायी कमिटीको निर्णय अनुमोदन, पार्टी सदस्यता वितरण र विधान महाधिवेशन तथा स्थानीय अधिवेशनबारे, पार्टी विभाजनको पक्षमा उभिएका केन्द्रीय सदस्यलाई कारबाही प्रक्रिया अगाडि बढाउनेबारे छलफल हुने पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।