युनियन र सानिमा लाईफ इन्स्योरेन्सले आईपीओ निष्कासनका लागि धितोपत्र बोर्डमा दिए निवेदन

असार १, काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स र सानिमा लाईफ इन्स्योरेन्स कम्पनीले आईपीओ निष्कासनको लागि अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् ।  दुवै कम्पनीले आईपीओ निष्कासनको लागि जेठ ९ गते बोर्डमा निवेदन दिएका हुन् । युनियन लाईफ इन्स्योरेन्सले रू. ६४ करोड ५० लाख बराबरको ६४ लाख ५० हजार कित्ता र सानिमा लाईफ इन्स्योरेन्सले रू. ६० करोड बराबरको ६० लाख कित्ता आईपीओ निष्कासनका लागि निवेदन दिएका हुन् । दुवै कम्पनीको आईपीओ विक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।  युनियन लाईफ इन्स्योरेन्स कम्पनीको चुक्तापूँजी हाल रू. १ अर्ब ५० करोड ५० लाख रहेको छ । युनियन लाईफ इन्स्योरेन्सको आईपीओलाई इक्रा नेपालले समयमै वित्तीय दायित्व पूरा गर्न सक्ने संकेत गर्ने ‘इक्राएनपि आइआर ट्रिपल बि’ रेटिङ प्रदान गरेको छ ।  त्यस्तै सानिमा लाईफ इन्स्योरेन्सको हाल चुक्तापूँजी रू. १ अर्ब ४० करोड रहेको छ । सानिमा लाईफले निष्कासन गर्न लागेको आईपीओलाई केयर रेटिङ नेपालले वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम सुरक्षित रहेको संकेत गर्ने त्रीपल बी माइनस रेटिङ प्रदान गरेको छ ।  दुवै कम्पनी नयाँ बीमा कम्पनीको रुपमा सञ्चालनमा रहेका हुन् । जीवन बीमा कम्पनीहरुले कायम गर्नुपर्ने रू. २ अर्ब बराबरको चुक्तापूँजी कायम गर्न आईपीओ जारी गर्न लागेका हुन् ।

सम्बन्धित सामग्री

दुई बीमा कम्पनीको १२४ करोड कित्ता आईपीओ आउँदै

काठमाडौं। साधारण सेयर (आईपीओ) निष्कासनको अनुमति माग्दै दुई वटा बीमा कम्पनी धितोपत्र बोर्ड पुगेका छन्। सानिमा लाईफ इन्स्योरेन्स र युनियन लाईफ इन्स्यारेन्स कम्पनीले बोर्डमा आईपीओ निष्कासनको अनुमति मागेका हुन्। युनियन लाईफले ६४ लाख ५० हजार कित्ता र सानिमा लाइफले ६० लाख कित्ता सेयर निष्कासन गर्न अनुमति मागेका छन्।