कोभिड खोप अनिवार्य गरिएपछि फ्रान्स, जर्मनी, अस्ट्रिया र इटलीमा विरोध प्रदर्शन

अलजजिरा । पश्चिम युरोपमा दसौँ हजार मानिसहरूले कोभिड–१९ विरुद्धको खोप लगाउनुपर्ने प्रावधानको विरोधमा प्रदर्शन गरेका छन् । फ्रान्समा मात्रै एक लाख भन्दा बढी मानिसहरू सडकमा उत्रिएका छन् । खोप नलगाएका मानिसहरूको अधिकार सीमित बनाउने सरकारको योजना रहेको भन्दै त्यस विरुद्ध र्‍याली गरेका हुन् । फ्रान्सको राजधानी पेरिसमा शनिबार चिसो र वर्षाका...