व्यवसायी हमालको व्यक्तिगत खर्चमा निःशुल्क ‘महाप्रस्थान यान’

कैलाली उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष तथा व्यवसायी गोपाल हमालले रु ३० लाखको लागतमा निःशुल्क ‘महाप्रस्थान यान’ सञ्चालनमा ल्याउनुभएको छ । मानिसको मृत्युपछि पार्थिव शरीरलाई सम्मानसहित दाहसंस्कारका लागि लैजानका लागि महाप्रस्थान यानको नाम दिएर उक्त यान सञ्चालनमा ल्याइएको व्यवसायी हमालले बताउनुभयो । निःशुल्करुपमा सञ्चालनको जिम्मेवारी पाउनुभएका धनगढीका सामाजिक अगुवा शिद्धराज पनेरुलाई आज उक्त यानको चाबी हस्तान्तरण …