मतदान गर्न गएका वृद्ध नालीमा मृत भेटिए

इलाम :  झापाको माईधारबाट इलामको महमाई मतदान गर्न हिडेका एक बृद्ध आइतबार दिउँसो २ बजे माई – ७ कपरसुक्काको निर्माणधीन सडक नालीमा मृत भेटिएका छन्।शनिबार साँझबाट बेपत्ता भएका माई-६ काबेलीटार स्थायी घर भइ माईधार बस्दै आएका-६९ वर्षीय नर बहादुर मग्राती मगरको शव स्थानीय पैदलयात्रीले अपरान्ह देखेका थिए।मतदान गर्न भन्दै बिर्तामोडबाट शनिबार रिजर्व बसमा आएका मगर बस कलकत्ते जाने भएपछि लक्ष्मीबाँधमा ओर्लिएको जानकारी पाएको मृतकका छोरा रमेश मगरले जानकारी दिए। मृतक मगरको सर्जिमिन मचुल्का गरि पोस्टमार्