काेराेनाका कारण भाेकमरी बढ्दै, आम्दानी घटेपछि केहीलाई पेटभरि खान सङ्घर्ष गर्नुपर्ने बाध्यता : अध्ययन

काठमाण्डाै – कोभिड १९ का कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा असर पर्नुको साथै पेटभरि खान नपाउने अवस्थासमेत आएको पाइएको छ । युनिसेफ नेपाल र शेयरकास्ट इनिसियटिभ नेपालले नेपालका ८० भन्दा धेरै पालिकालाई समेटेर गरेको सर्वेक्षणअनुसार २० प्रतिशतले पेटभरि खान सङ्घर्ष गर्नुपरेको देखिएको छ । फोन तथा आईभीआरमार्फत गरिएको स...

सम्बन्धित सामग्री

एसइई नजिकिँदै गर्दा विद्यार्थीलाई मोबाइलको लाइट बालेर पढ्नुपर्ने बाध्यता

सिमकोट- हुम्लाका विद्यार्थीहरूले मोबाइलको लाइट बालेर अध्ययन गर्नुपर्ने बाध्यता भएको पाइएको छ। जिल्लाको सिमकोट गाउँपालिका- ५ को बालमन्दिर माध्यामिक विद्यालयमा कक्षा दशमा अध्ययनरत विद्यार्थीहरूले विद्यालयले सञ्चालन गरेको कोचिङ कक्षामा मोबाइलको लाइट बालेर अध्ययन गरिरहेका छन्। हिल्दुम विद्युत वितरण केन्द्रले बेलुकाको समयमा लोडसेडिङ गर्ने गरेको कारण बेलुकाका कक्षाहरू यसरी पढ्नु परेको सोही विद्यालयमा अध्ययनरत कक्षा दशकी […]

अध्ययन गर्न विदेश जाने प्रवृत्ति र हाम्रो शिक्षा

नेपालबाट वर्षेनि लाखौं युवा उच्च शिक्षाको बहानामा विदेशिने गरेको तथ्यांक पाइन्छ । विश्वव्यापीकरणको बढ्दो अभ्याससँगै युवा जमातमा नयाँ विषयप्रति आकर्षण बढ्नु स्वाभाविक हो । तर, विद्यार्थी विदेशमा जानुका यसबाहेक अन्य कारण पनि छन् ।  सर्वप्रथम हाम्रो शैक्षिक गुणस्तरमै प्रश्न उठ्छ । अन्य देशमा कुन गतिमा शैक्षिक पाठ्यक्रम विकास भइरहेको छ, हाम्रो शैक्षिक प्रणाली र पाठ्यक्रमलाई त्यसको केही जानकारी नै नभए जस्तो देखिन्छ । पाठ्यक्रम निर्माण गर्ने विशेषज्ञकै दक्षतामा प्रश्न उठ्ने गरी पाठ्यक्रम निर्माण भइरहँदा समग्र शैक्षिक गुणस्तरमा प्रश्न उठ्नु स्वाभाविक हो । वित्त व्यवस्थापनको कठिन हिसाब गर्न जान्ने व्यक्तिले आफ्नो डीम्याट खातामा भौतिक शेयरलाई कसरी अभौतिकीकरण गरिन्छ जानिरहेको हुँदैन, कसरी बोनस वितरणपश्चात् शेयर मूल्य समायोजन गरिन्छ बुझिरहेको हुँदैन । हाम्रो शैक्षिक प्रणाली पुरानो ढाँचाबाट नयाँमा परिवर्तन नहुँदा गुणस्तरमै प्रश्न उठ्नु स्वाभाविक हो । हाम्रो शैक्षिक प्रणालीको अर्को नकारात्मक पक्ष भनेको यहाँ हुने राजनीति हो । विद्यालयमा हुने शिक्षकको राजनीतिदेखि, क्याम्पसमा हुने राजनीतिले हाम्रो शैक्षिक क्षेत्र विद्याको मन्दिरभन्दा पनि राजनीतिको अखडा बनेको छ । गणितको सूत्र, अनुसन्धानको माध्यम, नयाँ खोज र नवीनता जस्ता विषयमा परामर्श र बहस हुनुपर्ने ठाउँमा जब राजनीतिक दल र पार्टीको बहस शुरू हुन्छ । क्याम्पस चिफ नियुक्तिदेखि शैक्षिक नियुक्तिसम्म राजनीतिक नेतृत्वको हस्तक्षेप हुने नेपालका शैक्षिक संस्थाहरूमा गुणस्तरीय शिक्षा कल्पनाको विषय मात्र हो भनेर बुझ्न सकिन्छ । शिक्षाले मान्छेलाई आत्मनिर्भर मात्र नभएर स्वाभिमानीसमेत बनाउन सक्ने हैसियत राख्न सक्नुपर्छ । नेपालमा शैक्षिक प्रणालीले न वैज्ञानिक तरीकाले कृषि गर्न सिकाउँछ, न मोबाइल बैंकिङ कसरी प्रयोग गर्ने सिकाउँछ न उद्यमशीलता प्रवर्द्धन गर्ने औचित्य नै दर्साउँछ । आफूभन्दा अक्षम व्यक्ति पहुँचको भरमा उच्च ठाउँमा पुगिरहेको हुन्छ जसले गर्दा औसत नेपालीलाई नेपालमा अध्ययन गर्नुपर्ने, नेपालमै जीवन व्यतीत गर्नुपर्ने कुरा सन्तोषजनक लाग्दैन । त्यसैले उनीहरू उच्च शिक्षा र राम्रो भविष्यको खोजीमा विदेशिनु स्वाभाविक देखिन्छ । जब यहाँ पढेर केही पनि सुनिश्चित छैन, पारदर्शिता छैन भने नेपालमै अध्ययन गर्नुपर्ने बाध्यता युवा जमातमा नहुनु स्वाभाविक पनि हो । राणाकालीन समयमा जनता शिक्षित भए आफूविरुद्ध उर्लिन्छन् भन्ने डर थियो । आज उच्च र गुणस्तरीय शिक्षा जनताले पाए हामीलाई टेर्दैनन् र हामीविरुद्ध उर्लिन्छन् भन्ने डर नेपाली नेतृत्वलाई छ जस्तो देखिन्छ । त्यसैले बजेटमा केही अंश छुट्ट्याउनुबाहेक शैक्षिक क्षेत्रलाई कुनै प्रकारको सहयोग राज्यले गरेको पाइँदैन । महावीर पुनलाई गरिने सहयोग होस् या कुनै नवीन शुरुआत गर्ने सामान्य व्यक्ति होस्, कुनै प्रकारको प्राथमिकता राज्यले दिन सकेको छैन । आज पनि शिक्षकको पेशालाई हेपाइको दृष्टिले हेर्ने गरिन्छ । शिक्षकको तलब आज पनि अन्य पेशाभन्दा न्यून रहँदा गुणस्तरको विषय टाढा रहन जान्छ । बेरोजगार बस्नुभन्दा बरु यो पेशा अँगाल्छु भनेर अन्तिम विकल्प स्वरूप शिक्षण पेशा अपनाइएको देखिन्छ । निजीमा महँगो शुल्क तिरेर अध्ययन गरेका विद्यार्थीहरूले सस्तो तलबमा दुर्गममा गएर काम गर्नुपर्ने बाध्यता छ । राज्यले शिक्षण क्षेत्रलाई यथार्थमा प्राथमिकतामा राख्न सकेको छैन । आधा करोड खर्चिएर पढेकाहरू केही हजार तलबमा काम गर्नु पर्ने बाध्यात्मक अवस्था रहिआएको छ । गतवर्षको तथ्यांक हेर्ने हो भने विदेशमा अध्ययन गर्न जाने नेपालीहरूले ६० अर्बभन्दा माथिको रकम विदेश लगेको देखिन्छ । एक लाखभन्दा बढीले ‘नो अब्जेक्शन’ प्रमाणपत्र लिएको देखिन्छ । यो वर्ष त्यो तथ्यांक वृद्धि भएको छ । अहिले १ लाख २१ हजारले एनओसी लिएको र ६४ अर्बभन्दा बढी रकम बाहिर पठाएको तथ्यांक भेटिन्छ । मेडिकल कमिसनले उल्लेख गरेअनुसार एमबीबीएस र एमडी अध्ययनका लागि १ हजार जना विद्यार्थीले देश छोडेका छन् । विदेशप्रति मोह बढ्दै गर्दा स्वदेशी क्याम्पसमा विद्यार्थीको आकर्षण घट्नु अर्को पाटो हो, जुन आपैmमा समस्या हो । नेपालमा अध्यापन हुने स्नातक शिक्षामा विद्यार्थी आकर्षण घट्दो क्रममा रहनु चिन्ताको  विषय हो । जुन मात्रामा १२ कक्षासम्म विद्यार्थीको आकर्षण छ, उच्च तहको शिक्षामा त्यो घट्दो क्रममा रहनु शिक्षण अर्थतन्त्रका निमित्त खतराको घण्टी भनेर बुझ्न सकिन्छ । वातावरणअनुकूल रहेको, शान्त शैलीमा अध्ययन गर्न चाहनेहरूका लागि प्रकृतिको न्यानो काख नेपाल राम्रो गन्तव्य हुन सक्छ । नेपालमा विदेशीहरूले अध्ययन गर्न आउनुपर्ने कारण वास्तवमै न्यून छ । ट्रेकिङ र मेडिकलका लागि बाहेक नेपाल शिक्षाका लागि रोजाइको ठाउँ पर्न सकेको छैन । नेपालले प्रयास गरेमा यहाँ अवसर पर्याप्त छन् । दक्षिण भारत आज शिक्षाका लागि परिचित बन्नुको कारण त्यहाँ आवश्यकताअनुरूपको पाठ्यक्रम हुनु प्रमुख कारक रहेको देखिन्छ । त्यहाँको शिक्षा सहज बनाइदिँदा अफ्रिकादेखि दक्षिण एशिया र पूर्वी एशियाका लागि समेत शैक्षिक गन्तव्य बनेको छ । नेपाली पाठ्यक्रमले गुणस्तर प्राप्त गर्न सकेमा भारत, पाकिस्तान, बंगलादेश, भुटान, श्रीलंकालगायत मुलुकका लागि शैक्षिक गन्तव्य बन्न सक्छ ।  हो, अस्ट्रेलियामा जस्तो नेपालमा शिक्षा लिएर नेपालमै जीवनयापन गर्न सक्ने अवस्था सम्भव छैन । तर, अन्तरराष्ट्रिय मापदण्ड पूरा गरेर अध्यापन मात्र गराउन सकेमा नेपाल शैक्षिक गन्तव्य बन्न सक्छ । यसको निमित्त राज्य, नेपालका शैक्षिक प्रणालीदेखि समग्र क्षेत्र एकीकृत रूपमा अगाडि बढ्नुपर्छ । विदेशिने ठूलो अंश रोक्न मात्र होइन, शैक्षिक आकर्षण वृद्धि गर्न सकेमा ठूलो रकम भित्रिएर अर्थतन्त्रलाई थप ऊर्जा दिने थियो । रेग्मी बैंकर हुन् ।

दुर्गमको व्यथा : विद्यालय पुग्न चार घण्टा पैदल हिँड्नुपर्ने बाध्यता

गलकोट– बागलुङ जिल्लाको तमानखोला गाउँपालिका–६ भित्रीवनका ललिता छन्त्याल बिहानै ७ बजे विद्यालय अध्ययनका लागि हिँड्छिन् । तमानखोला गाउँपालिका–५ खुङ्खानीस्थित शान्ति माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत छन्त्याल बिहानै उठेर विद्यालय हिँड्न थालेको एक वर्ष बित्यो । गाउँकै डिल्ली प्राथमिक विद्यालयमा कक्षा ५ सम्म अध्ययन गरेकी छन्त्याल एक घन्टाको पैदलयात्रामा पुगिने विष्णु आधारभूत विद्यालयमा कक्षा ८ […]

जनस्वास्थ्य विषय अध्ययन: देशमा रोजगारीको अवसर कि वैदेशिक यात्राको बाध्यता!

देशमा रोजगारीका अवसर सृजना गर्न र बैदेशिक बसाईलाई निरुत्साहित गर्न सम्बन्धित निकाय र सरोकारवालाहरुको ध्यान जान जरुरी हुने देखिन्छ। नत्र जनस्वास्थ्य अध्ययन बेरोजगार जनशक्ति उत्पादन गर्ने माध्यम बन्ने पक्का छ।

बथनाह–विराटनगर कार्गो रेल सञ्चालनः सरकारी टोलीले गर्‍यो प्राविधिक अध्ययन

विराटनगर, पुस ५। भारतको बथनाहबाट विराटनगरको आईसीपीसम्म कार्गो रेल सञ्चालन सम्बन्धमा प्रक्रियागत तयारी अघि बढाइएको छ । अहिले विराटनगरका लागि माल लिएर आएका कतिपय कार्गोले ७ किलोमीटर दक्षिण बथनाहामै अनलोड गर्ने र त्यहाँबाट मालवाहक ट्रकमा आईसीपीसम्म ल्याउनुपर्ने बाध्यता छ । रेलवे प्राविधिहरूले २ वर्षअघि नै सुझाएको आधारमा सरकारी टोलीले शुक्रवार र शनिवार आईसीपीसम्म रेलवे सञ्चालनको […]

बथनाह–विराटनगर कार्गाे रेल सञ्चालन : सरकारी टोलीले गर्‍यो प्राविधिक अध्ययन

भारतको बथनाहबाट विराटनगरको आईसीपीसम्म कार्गाे रेल सञ्चालन सम्बन्धमा प्रक्रियागत तयारी अघि बढाइएको छ । अहिले विराटनगरका लागि माल लिएर आएका कतिपय कार्गाेले ७ किलोमीटर दक्षिण बथनाहामै अनलोड गर्ने र त्यहाँबाट मालवाहक ट्रकमा आईसीपीसम्म ल्याउनुपर्ने बाध्यता छ । रेलवे प्राविधिहरूले २ वर्षअघि नै सुझाएको आधारमा सरकारी टोलीले शुक्रवार र शनिवार आईसीपीसम्म रेलवे सञ्चालनको सम्भावनाबारे स्थलगत अध्ययन गरेको छ । टोलीमा परराष्ट्र मन्त्रालयका उपसचिव लोकबहादुर क्षत्री, सहसचिव तीर्थराज वाग्ले, सहसचिव उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव...

जूम कल कसरी रेकर्ड गर्ने र अरु सहभागीहरुसँग शेयर गर्ने ?

महामारीको कारण धेरै जनाले भिडियो कन्फेरेन्सिङ बाट पठनपाठन तथा अध्ययन गर्नुपर्ने बाध्यता छ । जसले गर्दा जुम जस्ता भिडियो कन्फेरेन्सिङ प्लेटफर्मको प्रयोग दिनदिनै बढ्दै गइरहेको छ । कलमा केही महत्वपूर्ण कुराहरु पनि हुन सक्ने हुँदा कहिलेकाहीँ कल रेकर्ड गर्नुपर्ने हुन सक्छ । त्यस कारण आज हामी जूम कल कसरी रेकर्ड गर्ने र अरु सहभागीहरुसँग कसरी सेयर गर्ने भन्ने बारे...

बुटवलमा फिल्म एकेडेमी सञ्चालनमा, अध्ययनकै लागि टाढा जानुपर्ने बाध्यता हट्यो

यमलाल भुसाल, बुटवल । रुपन्देहीको तिलोत्तमा ३ मा बुटवल फिल्म एकेडेमीको शुरुवात भएको छ । लुम्बिनी प्रदेशका संघीय मामिला तथा कानुन मन्त्री कुल प्रसाद केसीले फिल्म एकेडेमीको उद्घाटन गरेका छन् । फिल्म विधामा अध्ययन गर्न काठमाडौं, भारत जानुपर्ने बाध्यता अब टरेको मन्त्री केसीले बताउनु भयो । मन्त्री केसीले बुटवलमा फिल्म एकेडेमी बनाउने कार्यको शुरुवात गर्ने […]