काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा भएको खर्चको विवरण समयमै नबुझाउनेहरूलाई कारबाहीको प्रक्रिया थालेको छ ।
नियमअनुसार निर्वाचन परिणाम घोषणा भएको ३० दिनभित्र सम्बन्धित जिल्ला वा प्रदेश निर्वाचन कार्यालयमा खर्च विवरण बुझाउनुपर्छ ।
आयोगले त्यसरी कानुनी व्यवस्था बमोजिम समयावधिभित्र निर्वाचन खर्चको विवरण नबुझाउने एक लाख १५ हजार १३१ र समयावधिभन्दा ढिलो गरी विवरण बुझाउने...