कतारमा जारी फिफा विश्वकप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ । शनिबार रातिबाट क्वाटरफाइनल खेल सकिएसँगै विश्वकपको सेमिफाइनल पूरा भएको हो । सेमिफाइनल साविक विजेता फ्रान्स, साविक उपविजेता क्रोएसिया,अर्जेन्टिना र मोरक्कोले स्थान बनाएका छन् । अब सेमिफाइनलको पहिलो खेलमा फाइनल प्रवेशको लागि मंगलबार अर्जेन्टिना र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ । अर्जेन्टिनाले क्वाटरफाइनलमा नेदरल्यान्ड्सलाई पराजित गर्दा क्रोएसियाले ब्राजिललाई हराएको थियो । यस्तै दोस्रो सेमिफाइनलमा मोरक्को र फ्रान्सबीच प्रतिस्
२४ मंसिर, काठमाडौं । कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत आज अन्तिम दुई क्वाटरफाइनल खेल हुँदैछ । पहिलो खेल पोर्चुगल र मोरक्कोबीच हुनेछ । यो खेल राति पौने ९ बजे अल थुमामा स्टेडियममा सुरु हुनेछ । यस्तै दोस्रो खेलमा अल बायत स्टेडियममा हुनेछ । यी दुई खेलको विजेता सेमिफाइनलमा भिड्नेछन् । आजको खेलपछि सेमिफाइनलमा पुग्ने […]
एजेन्सी – फिफा विश्वकप कतार २०२२ अन्तर्गत दोस्रो क्वाटरफाइनल खेल पनि अतिरिक्त समयमा लम्बिने भएको छ । नेदरल्यान्ड्सले इन्ज्युरी समयको दशौं मिनेटमा गोल गरेपछि खेल २-२ को बराबरीबाट अतिरिक्त समयमा पुगेको हो । पहिलो हाफमा अर्जेन्टिनाले अग्रता लिँदै खेलमा पकड जमाएको थियो । दोस्रो हाफमा अर्जेन्टिनाले अग्रता दोब्बर पारेपछि नेदरल्यान्ड्सले आक्रामक परिवर्तन गरेको थियो । […]
एजेन्सी – फिफा विश्वकप कतार २०२२ अन्तर्गत ब्राजिल र क्रोएसियाबीच जारी पहिलो क्वाटरफाइनल खेल अतिरिक्त समयमा लम्बिएको छ । निर्धारित ९० मिनेटमा दुवै टोलीले गोल गर्न नसक्दा खेलमा ३० मिनेट थप हुने भएको हो । क्रोएसियाका गोलरक्षक डोमिनिक लिभाकोभिचले लगातार बचाउ गर्दै ब्राजिललाई अग्रता लिन दिएनन् । उनले ब्राजिलको ८ आक्रमणलाई विफल पारेका थिए । […]
काठमाडाैँ – कतारमा जारी फिफा विश्वकप फुटबलमा आजबाट क्वाटरफाइनलका खेलहरू सुरु हुँदैछन्। शुक्रबार दुई क्वाटरफाइनलका खेलहरू हुनेछन्। पहिलो क्वाटरफाइनलमा ब्राजिल र क्रोएसियाबीच प्रतिष्पर्धा हुनेछ। एजुकेसन सिटी स्टेडियममा हुने ब्राजिल र क्रोएसियाबीचको खेल राति ८ः४५ बजे सुरु हुनेछ। यस्तै, दोस्रो क्वाटरफाइनलमा अर्जेन्टिना र नेदरल्यान्ड्सबीच प्रतिष्पर्धा हुनेछ। लुसाइल स्टेडियममा हुने अर्जेन्टिना र नेदरल्याण्ड्सबीचको खेल राति १२ः४५ बजे […]
कतारमा जारी फिफा विश्वकप फुटबलको क्वाटरफाइनल समीकरण पूरा भएको छ ।
मंगलबार राति पोर्चुगल र स्विट्जरल्यान्डबीचको अन्तिम प्रि–क्वाटरफाइनल खेल सम्पन्न भएसँगै अन्तिम आठमा पुग्ने टोलीको टुंगो लागेको हो ।
फिफा विश्वकप फुटबलको प्रि–क्वाटरफाइनल खेल अन्तर्गत अहिले जापान र क्रोएसियाबीच प्रतिस्पर्धा भइरहेको छ । अल जानुब स्टेडियममा जारी जापान र क्रोएसियाबीचको खेल अतिरिक्त समयमा गएको छ ।निर्धारित ९० मिनेटको समय १–१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको हो ।जापानले खेलको ४३ औं मिनेटमा डाईजेन माएडाले गोल गर्दै जापानलाई अग्रता दिलाएका थिए । यता क्रोएसियाका लागि खेलको ५५ औं मिनेटमा इभान पेरिसिचले गोल गर्दै क्रोएसियालाई १–१ गोलको बराबरीमा ल्याएका थिए ।