अमेरिकी सेनाले अझै केही दिन काबुल अन्तर्राष्ट्रिय विमानस्थल नियन्त्रणमा राख्ने

अलजजिरा।अमेरिकी सेनाले अझै केही दिन अफगानिस्तानको राजधानी काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थल आफ्नो नियन्त्रणमा राख्ने बताएको छ।अमेरिकीलगायत अन्य देशका नागरिकलाई सुरक्षित रुपमा आफ्नो देश फर्काउन विमानस्थल नियन्त्रण राखिने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ।विमानस्थलको सुरक्षाको लागि ६ हजार अमेरिकी सेना खटाइने मन्त्रालयले बताएको छ।एक हजार थप अमेरिकी सेना छिट्टै विमानस्थल पुग्ने जनाइएको छ।अमेरिकी सेनाले विमानस्थलको ‘एयर ट्राफिक’ पनि आफ्नो नियन्त्रणमा राख्ने छ।