नवौं शताब्दीमा निर्माण भएको प्रतिमा नेपाल फिर्ता

काठमाडौँ : नवौं शताब्दीमा निर्माण भएको प्रतिमा नेपाल फिर्ता भएको छ।पुरातात्त्विक तारा देवीको प्रतिमा घर फिर्ता भएको हो। अमेरिकाका लागि नेपाली  कार्यवाहक राजदूत म्यानुएल मिकलेर र पुरातत्त्व विभागका महानिर्देशक दामोदर गौतमले अमेरिकास्थित येल विश्वविद्यालयको आर्ट ग्यालरीबाट फिर्ता आएको तारा/पार्वतीको प्रतिमालाई नेपालमा स्वागत गरेका हुन्।उक्त प्रतिमा नवौं शताब्दीको अन्त्य वा दशौं शताब्दीको शुरुतिरको भएको विश्वास गरिएको छ। उक्त प्रतिमा सन् २०१५ मा येल आर्ट ग्यालरीलाई प्रदान गरिएको थियो