नक्कली कोरोना रिपोर्टको शंकामा यात्रु विदेश उड्न पाएनन्

काठमाडौं : नक्कली पिसिआर रिपोर्ट भएको शंकामा काठमाडौंबाट संयुक्त अरब इमिरेट्सको सारजाह हुँदै खाडीका अन्य मुलुक जान लागेका १ सय २२ जना नेपाली श्रमिक काठमाडौं विमानस्थलबाट फिर्ता भएका छन्। ती सबै काठमाडौंबाट नयाँदिल्लीसम्म नेपाल वायुसेवाको विमानबाट जान लागेका थिए। त्यहाँबाट अधिकांश युवा कुवेतको जजिरा विमानबाट कुवेतसिटी जान लागेको बताइएको छ। काठमाडौंको एउटा ल्याबले स्वाब संकलन नै नगरी नक्कली पिसिआर रिपोर्ट दिने गरेको पत्ता लागेपछि मंगलबारदेखि अहिले विदेश जान लागेकाहरूको रिपोर्टमा विशेष निगरानी सुरु गरिएको अ...