जुम्लामा ग्यास लिक हुँदा घरमा आगलागी, ६ जनाको सकुशल उद्धार

जुम्लाको चन्दननाथ नगरपालिका–६ बसपार्कस्थित मेघराज न्यौपानेको घरमा ग्यास लिक भएर आगलागी भएको छ । तीनतले घरको भूइँतलामा आगलागी हुँदा ४ वटा कोठा, भर्‍याङमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक धर्मराज जोशीले जानकारी दिए ।