काठमाण्डाै - सुदूरपश्चिमका तीन वटा जिल्लामा भारी वर्षा भइरहेको छ । डडेलधुरा, कैलाली र कञ्चनपुरका धेरैजसो ठाउँमा गएरातिदेखि नै ठूलो पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
दिउँसो १२ बजेसम्म नै ठूलो पानी नरोकिने भएकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान शाखाले आग्रह गरेकाे छ । कान्द्रा, मोहना, खुटिया, सुहेली, चौधर, रङ्गुन र पन्टुरा लगायतका खोला, खहरे र ठूला नदीमा पनि आकस्मिक रुपमा ठूलो बाढी आउन सक्ने भएकाले दिउँसोसम्म नै चनाखो रहन शाखाले आग्रह गरेको हो ।
— Nepal Flood Aler...