काठमाडौं : पर्वतका विभिन्न स्थानमा पहिरोले पुरिएर मृत्यु हुनेको संख्या ६ पुगेको छ। कुश्मा नगरपालिका–३ दुर्लुङमा पहिरोमा पुरिएका एकै घरका पाँच जनामध्ये तीनजनाको शव भेटिएको छ भने दुई जना अझै बेपत्ता छन्।बिहीबार राति सवा २ बजे माथिबाट आएको पहिरोले घर परिँदा १५ वर्षीया विमला पौडेल, ११ वर्षीया विनिता पौडेल र ७५ वर्षीया कौशिल्या पौडेलको मृत्यु भएको पर्वतका प्रहरी नायब उपरीक्षक शिवराज बुढाथोकीले जानकारी दिए। तीमध्ये विमला र विनिता दिदीबहिनी हुन् भने कौशिल्या उनीहरूकी हजुरआमा हुन्। कौशिल्याकी बुहा