ललितपुरको दक्षिण भेगमा रहेको बाग्मती, महाँकाल र कोन्ज्योसोम गाउँपालिकामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रण फैलिन नदिन उच्च सतर्कता अपनाइएको छ । यो क्षेत्र अहिले कान्ति लोकपथ हुँदै हेटौँडा र तराईका विभिन्न जिल्ला प्रवेश गर्ने छोटो मार्ग हो ।
सचेत हुने क्रममा गाउँपालिकामा प्रवेश गर्ने प्रमुख नाका बन्द गरिएका छन् ।