बागमती प्रदेशका नवनिर्वाचित प्रदेश सभा सदस्यहरूको शपथग्रहण पुस १४ गते हुने भएको छ । बागमती प्रदेश सभा सचिवालयले एक सूचना जारी गर्दै पुस १४ गते बिहीबार दिउँसो २ बजे शपथ ग्रहण हुने जानकारी दिइएको छ । शपथका लागि अपराह्न १२ बजे नै मकवानपुरस्थित बागमती प्रदेश सभा सचिवालयमा उपस्थित हुनुपर्ने छ ।नेपालको संविधानको धारा १७९ बमोजिम प्रदेश सभाका सदस्यहरूले प्रदेश सभा वा त्यसको कुनै समितिको बैठकमा पहिलो पटक भाग लिनुअघि प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्ध