प्रतिनिधि सभा बैठकमा एमाले र रास्वपाको अवरोध

काठमाण्डाै - प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभा बैठकमा अवरोध गरेका छन् । एमाले र रास्वपाका सांसदले जिल्ला निर्वाचन कार्यालयलाई जिल्ला प्रशासन कार्यालय मातहत राख्ने तयारी गरेको भन्दै प्रतिनिधि सभा बैठक सुरू हुने बित्तिकै उठेर विरोध जनाएका हुन् ।  रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले निर्वाचन कार्यालयलाई खारेज गरी प्रशासन कार्यालयमा गाभ्ने निर्णय लोकतन्त्र विरोधी भएको भन्दै सरकारलाई त्रुटि सच्याउन आग्रह गर्नुभयो । एमाले सांसद सूर्य थापाले सरकारले यो विषयलाई सच्याउनु...

सम्बन्धित सामग्री

एमालेद्वारा प्रतिनिधि सभा बैठकमा अवरोध

काठमाडौं, जेठ १३ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आजको प्रतिनिधि सभाको वैठकमा अवरोध सुरु गरेको छ। पार्टी अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रमका सन्दर्भमा बिहीबारको बैठकमा टिप्पणीमा जवाफ दिने क्रममा उद्योग वाणिज्यमन्त्री दिलेन्द्र बडुले आलोचनात्मक टिप्पणी गरेपछि एमालेले सांसद्‌हरुले बैठकमा अवरोध गरेका हुन्। मन्त्री बडूले सम्बोधन गरिरहँदा एमाले […]

प्रतिनिधि सभा बैठकमा एमालेको अवरोध

काठमाडौं, ८ फागुन । नेकपा एमालेले सदनमा अवरोध जारी राखेको छ । प्रतिनिधि सभा बैठक सुरु भएलगत्तै एमाले सांसदहरुले नारावाजी गरेर अवरोध गरेका छन् । तर, सभामुख अग्निप्रसाद सापकोटाले बैठक जारी राखेका छन् । उनले सुरुमै नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङलाई बोल्न दिए ।

५९ दिनपछि प्रतिनिधि सभा बैठक, एमालेको नाराबाजी

झण्डै २ महिनाको अन्तरालमा बसेको प्रतिनिधि सभाको बैठकमा नेकपा एमालेले नाराबाजी गरेको छ । बुधवार दिउँसो बसेको प्रतिनिधि सभा बैठकमा सभामुख अग्नि सापकोटाले बैठक शुरू भएको घोषणा गरेलगत्तै एमाले सांसदहरू वेलमा आएर नाराबाजी शुरु गरेका हुन् । माधव नेपाल लगायत पार्टीले कारबाही सिफारिस गरेका १४ सांसदलाई पदमुक्त गर्न मागगर्दै एमालेले भदौ २३ गतेदेखि प्रतिनिधि सभामा लगातार अवरोध गर्दै आइरहेको छ ।

एमालेले प्रतिनिधि सभा बैठक अवरोध जारी राख्ने

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद् अवरोध जारी राख्ने भएको छ । गत भदौ २३ यता संसद् बैठक अवरोध गर्दै आएको एमालेले भोलि माघ २६ गते बुधबार बोलाइएको बैठक पनि अवरोध गर्ने नीतिमा कुनै परिवर्तन नआएको जनाएको हो ।नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले संसद् खोल्ने विषयमा एमालेको नीति परिवर्तन नभएको बताए । ‘हाम्रो पूर्ववत अभियान र अवरोध जारी नै रहन्छ, जबसम्म सभामुखले निर्णय सच्चाउनुहुन्न वा राजीनामा दिनुहुन्न त्यसबेलासम्म संसद् अवरोध जारी रहन्छ’, प्रमुख सचेतक भट्टराईको भनाइ छ ।नेत

लामो अन्तरालपछि प्रतिनिधि सभा बस्दै, एमालेको अवरोध कायमै रहने

दशैं विदाका कारण लामो समय बस्न नसकेको प्रतिनिधि सभाको बैठक बिहीवार बस्दैछ । संसद भवन नयाँ बानेश्वरमा दिउसो २ बजेका लागि प्रतिनिधि सभाको बैठक राखिएको छ । आफूहरुले उठाएका माग सम्वोधन नभएको भन्दै नेकपा एमालेले आजपनि प्रतिनिधि सभा बैठकमा अवरोध गर्ने भएको छ । माधव नेपाल लगायत १४ सांसदलाई पदमुक्त गर्न दिएको निवेदनमाथि सभामुख अग्नि सापकोटाले कारबाही अगाडि नबढाएको भन्दै एमालेले डेढ महिना देखि संसदमा अवरोध गरिरहेको छ ।  सभामुख सापकोटाले दशैं पछि बस्ने बैठक सुचारु हुने बताएका थिए । तर यसबीचमा संसद ग...

१५ दिनका लागि स्थगित भयो प्रतिनिधि सभा बैठक

दशैं बिदाका कारण प्रतिनिधि सभा १५ दिनका लागि स्थगित भएको छ ।  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको आवरोधका बाबजुत केही कार्यसूची पारित गरेर प्रतिनिधि सभा बैठक कात्तिक ९ गतेसम्मको लागि स्थगित भएको हो ।  भदौ २३ गते अधिवेशन शुरू भएदेखि नै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सदनमा अवरोध कायम राखेको छ । एमालेको अवरोध र नाराबाजीका बाबजुद प्रतिनिधि सभाबाट बजेट प्रतिस्थापन गर्न आएको विनियोजन विधेयक पारित भएको छ ।  माधव नेपाल लगायत १४ सांसदलाई पदमुक्त गर्न गरिएको सिफारिश सभामुखले कार्यान्वयन नगरेको भन्...

प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित

काठमाडौँ– प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित भएको छ। बिहीबार दिउँसो १ः०० बजे बस्ने गरी बैठक स्थगित भएको हो। आज बसेको बैठकमा राष्ट्रपतिबाट विनियोजन विधेयक प्रमाणिकरण भएको र राष्ट्रिय सभाबाट बजेट आश्रित विधेयक पारित भएको जानकारी गराइएको थियो। भदौ २३ गतेबाट सुरु भएको प्रतिनिधि सभा बैठक प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निरन्तर अवरोध गर्दै आइरहेको […]

प्रतिनिधि सभा बैठक आज बस्दै, एमालेले अवरोध जारी राख्ने

संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आइतवार बस्दैछ । आइतवार बस्ने बैठकमा विभिन्न अध्यादेशहरू संसदमा पेश हुने सम्भावित कार्यसूची रहेको छ । शुक्रवार अर्थमन्त्री जनार्दन शर्माले बजेट प्रतिस्थापन विधेयक पेश गरेपछि बैठक स्थगित गरिएको थियो ।  प्रतिनिधि सभा र राष्ट्रिय सभामा नै बैठक अवरूद्ध पार्दै आएको सरकारको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज पनि बैठक अवरोध गर्ने जनाएको छ । यस्ता छन् सम्भावित कार्यसूची

एमाले सांसदको नाराबाजीपछि प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित

प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोध र नाराबाजी आज बसेको प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ।