निजी क्षेत्रलाई विश्वासमा नलिइ औद्योगिक विकास सम्भव छैनः मन्त्री बडू

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले निजी क्षेत्रलाई विश्वासमा लिएर औद्योगिक उत्पादन बढाउने बताएका छन् । नेपाल उद्योग परिसंघ (सीएनआई)ले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै उनले निजी क्षेत्रलाई विश्वासमा नलिइ औद्योगिक विकास र उत्पादन वृद्धि सम्भवन नरहेको बताएका हुन् ।‘निजी क्षेत्र सक्रिय नभइ उत्पादन वृद्धि हुँदैन,’ उनले भने, ‘निजी क्षेत्रलाई विश्वासमा नलिइ मुलुकको आर्थिक विकास सम्भव छैन ।’ त्यसैले आन्तरिक उत्पादन बढाउने र खपत (उपभोग) बढाउने गरी वृहत