पत्रकारलाई अनेरास्ववियू (क्रान्तिकारी) जिल्ला संयोजकको ज्यान मार्ने धम्की

कालिकोट : राजधानी दैनिकका कालिकोट समाचारदाता विश्वनाथ सिम्खाडालाई माओवादी केन्द्रको भ्रातृ संगठन अनेरास्ववियु (क्रान्तिकारी) जिल्ला संयोजक मनसिंह शाहीले ज्यान मार्ने धम्की दिएका छन्।'कखरा लेख्ने सेतो बोर्डमा पार्टीको झण्डा' भन्ने शीर्षकमा लेखिएको समाचार प्रकाशनलाई लिएर संयोजक शाहीले सिम्खाडालाई मिडिया तोडफोडसहित हातखुट्टा भाँच्ने धम्की दिएका हुन्।आफ्नो संगठनबारे समाचार किन लेखेको भन्दै संयोजक शाहीले पत्रकार सिम्खाडालाई ज्यान मार्ने धम्की दिए। जिल्लाभरका पत्रकारले यस घटनाप्