अमेरिकाकाे न्यु याेर्क र न्यु जर्सीमा बाढी, आपत्काल घाेषणा

काठमाण्डौ – अमेरिकाको न्युयोर्क र न्युजर्सीमा आँधीपछि आएकाे बाढीका कारण कम्तीमा नौ जनाको ज्यान गएको स्थानीय सञ्चारमाध्यमले बताएका छन् ।  न्यु योर्क र न्यु जर्सीमा आपत्काल घोषणा गरिएको छ । न्यु योर्क सीटीका मेयर बिल डी ब्लासियोले यसलाई एक ऐतिहासिक मौसमी घटना बताउनुभएको छ ।  न्यु योर्कको चर्चित सेन्ट्रल पार्कमा मात्र एक घण्टाको अवधिमा तीन इन्ट आठ सेन्टिमिटर वर्षा भएको रेकर्ड राखिएको छ ।  आँधीपछि आएको बाढीका कारण भूमिगत रेल सेवा बन्द गरिएको छ र सडकमा सामान्य सवारी साधन चलाउन प्रतिबन्ध लगाइए...