नेकपा एमालेले स्थानीय तह निर्वाचनको मौन अवधिअघि काठमाडौंमा अन्तिम चुनावी सभा आयोजना गरेको छ । सो पार्टीको काठमाडौं जिल्ला कमिटीको आयोजना भृकुटीमण्डमा चुनावी सभा राखिएको हो । चुनावी सभालाई एमाले अध्यक्ष केपी शर्मा ओली लगायतले सम्बोधन गर्ने कार्यक्रम छ । ओली सोही कार्यक्रमलाई सम्बोधन गर्न झापाको कार्यक्रम सकेर काठमाडौं फर्किने कार्यक्रम रहेको नेताहरुले बताएका छन् । एमालेले चुनावलाई लक्षित गर्दै विभिन्न जिल्ला र सहरमा यसअघि नै आमसभा गरिसकेको छ । शुक्रबार हुने चुनावको मौन अवधि अघि भने सो प