लुम्बिनी प्रदेशसभा सचिवालयले एमालेले पदमुक्त गर्न पत्राचार गरेका सूर्य चिह्नबाट चुनाव जितेका सांसद अजय शाही र विमला वलीलाई कारबाही नहुने बताएपछि एमाले नेता आक्रोशित भएक छन् । एमाले संसदीय दलले प्रदेश सभामुख पूर्णबहादुर घर्तीले अवैध र असंवैधानिक तबरबाट कारबाही नहुने भन्ने निर्णय गरेको भन्दै उक्त निर्णय मान्य नहुने बताएको हो ।