विराटनगर भन्सारमा मजदुरले दिए हड्तालको चेतावनी

विराटनगर : विराटनगरको रानीस्थित एकीकृत भन्सार चौकी (आइसिपी)मा कार्यरत श्रमिक तथा मजदुरले हड्तालको चेतावनी दिएका छन्।आइसिपीले  श्रमिक तथा मजदुरलाई श्रम ऐनअनुसार सेवासुविधा नदिएको भन्दै समाजवादी कारखाना श्रमिक संघले मंसिर १२ देखि भन्सार ठप्प तथा हड्ताल गर्ने चेतावनी दिएको हो।संघका एकाई अध्यक्ष शम्भुकुमार यादवले मजदुरको जायज माग पूरा नगरे मंसिर १२ देखि एकीकृत भन्सार जाँच चौकी ठप्प पार्ने चेतावनी दिए।उनले संघकै अगुवाइमा ०७७ माघ १९ गते श्रम ऐन २०७४ को परिच्छेद १९ को दफा ११६ को उपदफाहरू 

सम्बन्धित सामग्री

विराटनगर भन्सारमा रोकिएका जलविद्युतका सामानको जाँचपास सुरु

विराटनगर एकीकृत भन्सार जाँच बिन्दु (आइसिपी) मा रोकिएका जलविद्युत आयोजनाका सामानहरू भित्रिन थालेका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था,नेपाल (इप्पान)ले रोकिएका सामानहरू छुटाउन अर्थ मन्त्रालय, भन्सार विभाग र विराटनगर भन्सार...

विराटनगर भन्सारमा अघिल्लो वर्ष भन्दा ७ अर्ब कम राजस्व संकलन

अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष ०७९/८०मा विराटनगर भन्सार कार्यालयले ७ अर्ब कम राजस्व संकलन गरेको छ।...

जोगबनी नाकाको रानी भन्सारमा कडाई हुँदा सर्वसाधारण अन्योलमा

विराटनगर : रापिलो घाममा अँध्यारो अनुहार लगाएर सडकमा उभिएकी कटहरी गाउँपालिका–५ की गीतादेवी राम जोगबनीबाट खरिद गरेर ल्याएको सामान के गर्ने कसो गर्ने भन्दै दोधारमा परेकी थिइन्।साउन १ गतेदेखि जोगबनी नाकाको रानी भन्सारमा कडाई हुन्छ भन्ने पत्तो नभएको उनी सुनाउँछिन्। ‘मलाई यस्तो कडा हुन्छ भनेर कहाँ थाहा थियो र?‚’  उनी प्रश्न गर्दै भन्छिन्, ‘पत्तो पाएको भए आउने थिइनँ, भन्सार दिँदा भन्सार काट्दैन उता प्रहरीले जान दिँदैन के गर्ने के नगर्ने?’उनले दैनि

विराटनगर भन्सारमा लक्षको ५७ प्रतिशत मात्रै राजस्व संकलन

चालु आर्थिक वर्षको ८ महिनामा विराटनगर भन्सार कार्यालयले लक्षको ५७ प्रतिशत मात्रै राजस्व संकलन गरेको छ।...

विराटनगर भन्सारको राजस्व बढ्यो

विराटनगर । विराटनगर र जोगवनीमा रहेको एकीकृत जाँच चौकीबाट चार किलोमीटर दक्षिणपश्चिममा रहेको मीरगञ्जको प्रमाणा नदीमाथि बनेको पक्की पुल सञ्चालनमा आएपछि विराटनगर भन्सार कार्यालयको दैनिक राजस्व संकलन बढेको छ । पुरानो बेलीब्रिज भासिएको १३ महीनापछि भारतीय राष्ट्रिय राजमार्ग जोड्ने ६ लेनको सडकसहित मोटरेबल पुल बनेपछि अहिले दैनिक २ सय हाराहारी मालवाहक सवारी विराटनगर नाका प्रवेश गर्न थालेका छन् । पुल सञ्चालनअघि १ सय १६ किलोमीटर घुमेर सुनसरीको भण्टाबारी नाका हुँदै पुनः विराटनगर आईसीपी पुगेर माल जाँचपास गराउनुपर्ने र फेरि भण्टाबारी नाकाबाटै रित्ता मालवाहक साधन फर्काउनुपर्ने बाध्यता थियो । भण्टाबारी नाका प्रयोग हुँदा दैनिक १ सय २० ओटा मात्रै मालवाहक सवारी विराटनगर भन्सारमा जाँचपासका लागि पुग्थे । अहिले उक्त संख्या बढेर २ सय पुगेको छ । मीरगञ्जको पुल भासिएपछि विराटनगर भन्सार कार्यालयको राजस्वसमेत प्रभावित भयो । कार्यालयका प्रमुख भन्सार अधिकृत ज्ञानेन्द्र ढकालले पहिले दैनिक ५ देखि ७ करोड रुपैयाँ राजस्व संकलन हुने गरेकोमा मीरगञ्जको पुल सञ्चालन भएपछि दैनिक १० देखि १२ करोडसम्म संकलन भइरहेको बताए । ट्रान्स नेपालका विराटनगर प्रमुख लक्ष्मी सुब्बाले मीरगञ्ज पुल सञ्चालनमा आएपछि विराटनगर नाका भएर आउने मालवाहकको संख्यामा केही सुधार आएको बताए । सुब्बाका अनुसार अहिले जोगवनी रेलवेमा र्‍याकबाट सामान आउने त्यो सामान आईसीपी हुँदै नेपाल भित्रिएकाले मालवाहकको संख्या बढेको हो । २०२२ जनवरी ११ देखि भारतीय भन्सार विभागले मीरगञ्जको पुल भासिएको कारण देखाउँदै जोगवनी नाकाको साटो सुपौल जिल्लाको भीमनगर नाकाबाट नेपाल प्रवेशका लागि अनुमति दिएको थियो । त्यसपछि नेपालको भन्सार विभागले पनि भण्टाबारी नाकाबाट आयात निर्यातको अनुमति दियो । भारत सरकारले ११ महीनापछि अनौपचारिक रूपमा र त्यसको २ महीनापछि औपचारिक रूपमा पुल सञ्चालन गर्‍यो । मालवाहक सवारी भीमनगर हुँदै १ सय १६ किलोमीटर घुमेर आउँदा व्यवसायीले १६ हजार रुपैयाँ अतिरिक्त भाडा तिर्नुपरेको थियो ।

विराटनगर भन्सारमा १२० सिसिटिभी तर चल्छन् मात्र २० वटा

विराटनगर : तीन महिनाअघि विराटनगरको पुरानो भन्सार कार्यालयअगाडि ढाटमा रहेको फलामको ढिक्का एकाएक हरायो। अनुसन्धानका लागि भन्सार कार्यालयले सीसीटीभी रेकर्ड प्रहरीलाई बुझायो। त्यो हेरेर प्रहरीले चोर पत्ता लगायो। चोर पक्राउ पनि पर्‍यो। फलामको ढिक्का उसले कबाडीमा १८ हजारमा बिक्री गरिसकेको रहेछ। चोरी गर्नेलाई प्रहरीले अन्तर्राष्ट्रिय सिमानाको मालवस्तु हिनामिना गर्नेलाई ज्यान…

मिरगन्ज पुल भासिँदा रानी भन्सारमा दैनिक ३० करोड राजस्व प्रभावित

उद्योगी–व्यवसायीलाई रिरुटको आर्थिक भार थपियो   विराटनगर जोगबनी नाकाअन्तर्गत पर्ने भारतको परमान नदीमा रहेको मिरगन्ज पुल भासिएपछि आयात–निर्यात प्रभावित भएको छ । मर्मत–सम्भार गरेर सञ्चालन भइरहेको पुल पुनः भासिएपछि २३ पुसदेखि भारतले...

विराटनगर भन्सारमा श्रमिक हड्ताल

विराटनगरको रानीस्थित एकीकृत भन्सार चौकी (आइसिपी)मा कार्यरत श्रमिक तथा मजदुरहरूले हड्तालको चेतावनी दिएका छन् ।आइसिपीले श्रमिक तथा मजदुरलाई श्रम ऐन अनुसार सेवा सुविधा नदिएको भन्दै समाजवादी कारखाना श्रमिक संघले मंसिर १२ गतेदेखि भन्सार ठप्प तथा हड्ताल गर्ने चेतावनी दिएको हो । संघका इकाई अध्यक्ष शम्भुकुमार यादवले मजदुरहरूको जायज माग पूरा नगरे मंसिर १२ गतेदेखि एकीकृत […]