कालीगण्डकी करिडोर प्रसारण लाइनको भर्चुअल उद्घाटन गर्दै प्रधानमन्त्रीले भने- वर्षायाममा अब हामीले विद्युत निर्यात गर्नुपर्छ

प्रधानमन्त्री केपी शर्मा ओलीले अब नेपालले विद्युत निर्यात गर्नुपर्ने बताएका छन्। ‘वर्षायाममा आवश्यकता भन्दा बढी विद्युत उत्पादन हुने विन्दुमा पुगेका छौं, हिउँदमा अलिकति विद्युत अहिले पनि आयात गर्नुपर्छ’, उनले भने, ‘वर्षायाममा अब हामीले विद्युत निर्यात गर्नुपर्छ।’