नेप्से परिसूचक ४६.८८ अंक बढेको यो साता कारोबार रकम भने घट्यो

जेठ १, काठमाडौं । कोभिड महामारीका बीच सञ्चालन भइरहेको नेपालको शेयर बजार यो साता ४६ दशमलव ८८ अंकले बढेको छ । गत साताको अन्तिम कारोबार दिन वैशाख २३ गते २ हजार ६३७ दशमलव १३ विन्दुमा रहेको नेप्से परिसूचक यो साताको अन्तिम कारोबार दिन वैशाख ३० गते २ हजार ६८४ दशमलव शून्य १ विन्दुमा बन्द भएको हो ।  साताको पाँच ओटा कारोबार दिनमा पहिलो दिन १८ दशमलव ५६ अंकले घटेको बजार बाँकी चार कारोबार दिन भने बढेको छ । साताको दोस्रो दिन २७ दशमलव ४१ अंक, तेस्रो दिन २७ दशमलव ४७ अंक, चौथो दिन शून्य दशमलव ५६ अंक र पाँचौ दिन १० दशमलव १३ अंक परिसूचक बढेको हो । बजारमा शेयर खरीद चाप बढेकाले नेप्से परिसूचक पनि यो साता उकालो लागेको हो । देशमा राजनीतिक गतिविधिको अन्योलता र कोभिडका बीच पनि उत्साहित बनेको नेपालको शेयर बजारले राजनीतिक अन्योलताको अन्त्यसँगै अझै गति लिने विश्वास लगानीकर्ताहरुको रहेको छ । कोभिडका कारण अन्य क्षेत्रको व्यवसायिक गतिविधि ठप्प हुँदा ती क्षेत्रका लगानीहरु पनि पूँजीबजारमै भित्रिने विश्वास पनि उनीहरुले गरेका छन् । बैंक तथा वित्तीय संस्थाहरुले नियमित सेवा प्रवाह गरिरहँदा नेपालको पूर्ण अनलाईन कारोबार सेवा प्रभावकारी बनेको हो । ९० प्रतिशतभन्दा बढी शेयर कारोबार अनलाईन मार्फत नै हुँदै आएको नेप्सेले जानकारी दिएको छ । हामीले अनलाईन कारोबार र भुक्तानी गर्न नसक्ने लगानीकर्ताहरुले कारोबारमा सहभागी नहुन आग्रह गरेका छौ नेप्सेका एक उच्च अधिकारीले भने, ‘भौतिक उपस्थिति बिना मात्र सेवा प्रदान गर्न सक्ने अवस्थामा अफलाईन कारोबार सेवा दिन असमर्थ रहेका छौ ।’  यो महामारीका बीच नियामक निकाय नेपाल धितोपत्र बोर्डले सम्बद्ध निकायहरुलाई थप संयमित भई सेवा दिन अनुरोध गरेको छ । बोर्डले बजार सम्बद्ध निकायहरुलाई सिस्टम सपोर्ट र सूचना प्रविधी सम्बन्धी कार्य घरबाटै गर्न भनेको छ ।  सिष्टम सञ्चालनका लागि कार्यालयमा ३ जनाभन्दा बढी कर्मचारी नखटाउन, गुनासा तथा समस्या समाधानका लागि प्रयोग भइरहेको कार्यालयको फोनलाई कल डाइभर्ट गरी घरैबाट त्यस्तो सुविधा उपलब्ध गराउने व्यवस्था गर्न र थप मोवाइल नम्बरहरु उपलब्ध गराउन समेत आग्रह गरेको छ ।  कोभिडको महामारीमा स–साना लगानीकर्ताहरुलाई दैनिक खर्च वा औषधी उपचारका लागि शेयर बेचेको अवस्थामा लगानीकर्ताको अनुरोधमा सम्बन्धित ब्रोकरले सम्भव भएसम्म आवश्यकता अनुसारको रकम तत्काल उपलब्ध गराई सहयोग गर्न पनि बोर्डले भनेको छ । यो साता नेप्से परिसूचक उकालो लागेपनि कारोबार रकम भने गत साताभन्दा कम भएको छ । गत साता रू. ३३ अर्ब ९६ करोड ९२ लाख २६ हजार बराबरको शेयर कारोबार भएकोमा यो साता रू. २८ अर्ब ६१ करोड ६४ लाख १० हजार बराबरको मात्र शेयर कारोबार भएको हो । सातामा कारोबार रकम रू. ५ अर्ब ३५ करोड २८ लाख १५ हजार कम भएको हो । कारोबार रकमसँगै कारोबार कित्ता पनि यो साता घटेको छ । गत साता ७ करोड ५६ लाख ४ हजार ८८५ कित्ता शेयर कारोबार भएकोमा यो साता ७६ लाख ६७ हजार ८५७ कित्ता कम ६ करोड ७९ लाख ३७ हजार २८ कित्ता शेयर कारोबार भएको हो । बजारले गति लिएसँगै नेपालको शेयर बजारको आकार अर्थात कुल बजार पूँजीकरण पनि यो साता बढेको छ । गत साता रू. ३६ खर्ब ५८ अर्ब ७६ करोड ४० लाख ३३ हजार रहेको कुल बजार पूँजीकरण रकम यो साताको अन्तिम कारोबार दिन रू. ३७ खर्ब २४ अर्ब ५५ करोड २० लाख ८१ हजार कायम भएको छ । गत साताभन्दा यो साता शेयर बजारको आकार रू. ९१ अर्ब ७१ करोड ७० लाख १८ हजार बढी भएको हो । गत साता र यो साता तुलनात्मक रुपमा बजारका सूचकहरु :                                                           स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से)  

सम्बन्धित सामग्री

यो साता करीब ८ अर्बले घट्यो कारोबार रकम, लगानीकर्ताले २० अर्बभन्दा बढी गुमाए

काठमाडौं । यो साता नेप्से परिसूचकसँगै बजारका महत्त्वपूर्ण सूचकहरू गत साताको तुलनामा घटेका छन् । यो साता धितोपत्र बजारको समग्र कारोबार मापक नेप्से परिसूचक गत साताको तुलनामा शून्य दशमलव ६३ प्रतिशत अर्थात् १२ दशमलव ९३ अंकले घटेको छ ।  यो साता एक दिन सार्वजनिक बिदा परेकाले चार दिन मात्र बजार खुला भएको थियो । चार कारोबार दिनमा पहिलो कारोबार दिन १७ दशमलव शून्य १ अंक घटेको बजार दोस्रो दिन १० दशमलव १४ अंक बढेको थियो । त्यस्तै तेस्रो दिन १० दशमलव ८३ अंकले घटेको बजार चौथो दिन ४ दशमलव ७८ अंकले बढेर बन्द भएको छ ।  गत साताको अन्तिम कारोबार दिन २ हजार ४८ दशमलव ५७ अंकमा बन्द भएको नेप्से परिसूचक यो साताको अन्तिम कारोबार दिन २ हजार ३५ दशमलव ६४ विन्दुमा बन्द भएको हो । ठूला कम्पनीहरूको मात्र कारोबार मापक सेन्सेटिभ इन्डेक्स अघिल्लो साताभन्दा १ दशमलव ७३ प्रतिशत घटेर ३५९ दशमलव शून्य ९ विन्दुमा झरेको छ । यतिबेला लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेको ब्रोकरहरू बताउँछन् । सरकारले नै विशेष चासोका साथ धितोपत्र बजारलाई हेरिरहेको अवस्थामा लगानीकर्ता केही आशावादी देखिएको ब्रोकरहरूको बुझाई छ । बजारमा पर्याप्त तरलता र कम ब्याजदरका बावजुत पनि लगानीकर्ता उत्साहित नहुनुको पछाडि अस्थिर नीति रहेको ब्रोकरहरू बताउँछन् ।  यतिबेला अर्थमन्त्री वर्षमान पुनले धितोपत्र बजारसँग सम्बन्धित तीनओटै निकायबाट बजारको लागि तत्काल समाधान गर्न सकिने कामको प्रतिवेदन लिएका छन् । ती कामहरूको अध्ययन र आवश्यकतालाई लिएर तत्काल केही नयाँ नीति आउने सम्भावनालाई पनि गहनतापूर्वक लिएको लगानीकता बताउँछन् । धितोपत्र बजार सूचनामा आधारित बजार भएकाले यो क्षेत्रसँग जोडिएर आउने हरेक सूचनाले बजारलाई प्रभावित पार्ने भएकाले लगानीकर्ता यतिबेला पर्ख र हेरकै अवस्थामा रहनुपरेको बताउँछन् । अन्योलबीच यो साता चार कारोबार दिनमा ९ अर्ब ७३ करोड २३ लाख रुपैयाँभन्दा बढीको २ करोड ६५ लाख ६४ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबारमा लगानीकर्ता सहभागी भएका छन् । गत साता भने पाँच कारोबार दिनमा १७ अर्ब ७१ करोड ६८ लाख रुपैयाँभन्दा बढीको ५ करोड ३३ लाख ४२ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको थियो । गत साताको तुलनामा यो साता कारोबार रकम ७ अर्ब ९८ करोड ४५ लाख रुपैयाँभन्दा बढीले र कारोबार कित्ता २ करोड ६७ लाख ७७ हजारभन्दा बढीले घटेको छ । अघिल्लो साताभन्दा गत साता औसत कारोबार रकम १ अर्ब ११ करोडभन्दा बढीले र औसत कारोबार कित्ता ४० लाख २७ हजारभन्दा बढीले घटेको नेप्सेको तथ्याङ्कले देखाउँछ । गत साता औसतमा ३ अर्ब ५४ करोड रुपैयाँभन्दा बढीको १ करोड ६ लाख ६८ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएकोमा यो साता २ अर्ब ४३ करोड रुपैयाँभन्दा बढीको ६६ लाख ४१ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको छ ।  यो साता घटेको बजारमा लगानीकर्ताको सम्पत्ति मूल्य २० अर्ब ४९ करोड रुपैयाँभन्दा बढीले घटेको छ । गत साताको अन्तिम कारोबार दिन ३२ खर्ब ४८ अर्ब २५ करोड रुपैयाँभन्दा बढी रहेको कुल बजार पूँजीकरण यो साताको अन्तिम कारोबार दिन ३२ खर्ब २७ अर्ब ७६ करोड रुपैयाँ कायम भएको हो । स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ।  सर्वोत्तम सिमेन्टको लगातारको सकारात्मक सर्किटले उत्पादन तथा प्रशोधनको परिसूचक करीब ८ प्रतिशत बढ्यो  यो साताको कारोबारमा उत्पादन तथा प्रशोधन समूहको परिसूचक ७ दशमलव ८४ प्रतिशत बढेको छ । उत्पादन तथा प्रशोधन समूहसँगै म्युचुअल फण्डको शून्य दशमलव ९३ प्रतिशत, जलविद्युतको शून्य दशमलव ३९ प्रतिशत र लगानी समूहको शून्य दशमलव २२ प्रतिशत परिसूचक बढेको छ ।  यो साता समग्र धितोपत्र कारोबार मापक नेप्से परिसूचक सामान्य अंकले घटेपनि उत्पादन तथा प्रशोधन समूहको परिसूचकमा भने आकर्षक वृद्धि देखिएको छ । यो समूहअन्तर्गत सूचीकृत सर्वोत्तम सिमेन्ट लिमिटेडको शेयर मूल्य पहिलो कारोबार दिनदेखि नै सकारात्मक सर्किट लेभलमा वृद्धि भएसँगै समग्र समूहगत परिसूचकमा सकारात्मक प्रभाव परेको हो ।  हालसम्म सर्वोत्तम सिमेन्टको सात दिन कारोबार भएको छ । चैत ५ गते धितोपत्र दोस्रो बजारमा सूचीकृत भएको कम्पनीको शेयर कारोबार चैत ६ गतेदेखि भएको हो । प्रतिकित्ता ५५६ रुपैयाँमा पहिलो कारोबार भएको सर्वोत्तम सिमेन्टको शेयर मूल्य सातांै कारोबार दिनसम्म आइपुग्दा १ हजार ८२ रुपैयाँ ७० पैसा कायम भएको छ । यो साता लघुवित्त समूहको परिसूचक सर्वाधिक घटेको छ । लघुवित्तको ३ प्रतिशत परिसूचक घटेको हो । त्यस्तै वित्तको २ दशमलव १४ प्रतिशत, विकास बैंकको २ दशमलव शून्य ७ प्रतिशत, निर्जीवन बीमाको १ दशमलव ९९ प्रतिशत, बैंकिङको १ दशमलव ८७ प्रतिशत, जीवन बीमाको १ दशमलव ६५ प्रतिशत, व्यापारिकको १ दशमलव ५९ प्रतिशत, अन्यको शून्य दशमलव ६८ प्रतिशत र होटल तथा पर्यटन समूहको शून्य दशमलव शून्य ६ प्रतिशत परिसूचक घटेको छ ।  स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ।

नेप्से परिसूचक बढ्यो

काठमाडौँ – यो साता कारोबारको पहिलो दिन सामान्य अङ्कले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोस्रो दिन भने दोहोरो अङ्कले बढेको छ। आज नेप्से परिसूचक १४ दशमलव ५७ अङ्कले बढेर दुई हजार ७६ दशमलव २७ को विन्दुमा कायम भएको हो। आज शेयर बजारमा भएको कारोबार रकम रु दुई अर्ब ४३ करोड ८० लाख ५८ हजार […]

१३ अंकले घट्यो नेप्से, कारोबार रकम पनि अर्बभन्दा तल

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा निरन्तर गिरावट आउन थालेको छ । अघिल्लो साता ३० अंकले घटेको नेप्से परिसूचक पछिल्लो समय निरन्तर घटिरहेको छ । आइतबार ११ अंकले घटेको नेप्से परिसूचक आज १३ अंकले घटेको हो । पछिल्लो समय निरन्तर घटिरहेको नेप्सेमा कारोबार रकममा समेत संकुचन आउन थालेको छ । हिजो आइतबार ११ अंकले घट्दा […]

१९१२ अंकको बिन्दुमा आइपुग्यो नेप्से, कारोबार रकम पनि अर्बभन्दा तल

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा निरन्तर गिरावट आउन थालेको छ । अघिल्लो साता ३० अंकले घटेको नेप्से परिसूचक पछिल्लो समय निरन्तर घटिरहेको छ । आइतबार ११ अंकले घटेको नेप्से परिसूचक आज १३ अंकले घटेको हो ।पछिल्लो समय निरन्तर घटिरहेको नेप्सेमा कारोबार रकममा समेत संकुचन आउन थालेको छ । हिजो आइतबार ११ अंकले घट्दा जम्मा ७४ करोड रुपैयाँको कारोबार भएको नेप्सेमा आज ८३ करोड रुपैयाँको कारोबार भएको छ । यसक्रममा २६ लाख १३ हजार कित्ता सेयर किनबेच भएको छ ।कारोबारमा आएका १३ समूहमध्ये म्युचुअल फण्ड समूहमा भने सुधार आएक

साताको सेयर बजार : परिसूचक ३० अङ्कले बढ्यो, कारोबार रकम घट्यो

यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३० अङ्कले बढेर बन्द भएको छ । साताको ५ कारोबार दिनमध्ये २ दिन मात्रै बढेको नेप्से ३० अङ्कले बढेर २०६८ अङ्कमा पुगेर रोकिएको हो । यो साता नेप्सेको कारोबार २०३८ अङ्कबाट सुरु भएको थियो ।साताभरमा सोमबार र बिहीबार मात्रै नेप्से परिसूचक बढेको थियो । यसैगरी, सेन्सेटिभ इण्डेक्स ८.४१ अङ्कले बढेको छ भने फ्लोट इण्डेक्स १.९१ अङ्कले बढेको छ । यसैगरी, सेन्सेटिभ फ्लोट इण्डेक्स २.२९ अङ्कले बढेको छ ।यो साता नेप्से परिसूचक बढे पनि कारोबार रकम भने घटेको छ । गत साता १२ अर्ब ५ करो

सातामा ६९ अंकले घट्यो नेप्से, कारोबार रकम पनि खुम्चियो

यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६९ अंकले घटेको छ । साताको पहिलो कारोबार दिन आइतबार २८०१ अंकबाट सुरु भएको नेप्से बिहीबार २७३२ अंकमा आएर बन्द भएको हो ।साताभरमा २ प्रतिशतले घटेसँगै नेप्से परिसूचक पुनः २८ अंकबाट तल झरेको छ । परिसूचकसँगै यो साता नेप्सेको कारोबार रकम पनि घटेको छ । यो साताको पाँच कारोबार दिनमा कुल १८ अर्ब १५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।यो, गत साताको हप्ताभरि भएको कारोबार रकमभन्दा करिब ६ अर्ब रुपैयाँले कम हो । गत साताको पाँच कारोबार दिनमा नेप्सेमा २४ अर्ब रुपैयाँ

साताभर नेप्से परिसूचक ७८ अंकले बढेर दुई हजार सात सय ६९ बिन्दुमा

२८ सय छोएर घट्यो नेप्से, दैनिक औसत कारोबार रकम ५ प्रतिशत बढ्यो  गत साताभरमा नेप्से परिसूचक ७८ अंकले बढेर दुई हजार सात सय ६९ बिन्दुमा आइपुगेको छ । गत साता पाँचै दिन...

नेप्सेमा सुधार, बढ्न थाल्यो कारोबार

दसैँ अगाडि सेयर किनेको पैसा तत्काल दिनुनपर्ने भएपछि बढ्न थाल्यो कारोबार   गत साता नेप्से परिसूचक ४७ दशमलव ६८ अंकले बढेर बजार बन्द भएको छ । कारोबार रकम भने ४१ दशमलव ६२ प्रतिशतले...

साताको सेयर बजार – ४८ अङ्क बढ्यो, कारोबार रकम घट्यो

यो साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) ४७ अङ्कले बढेर बन्द भएको छ । गत साताको बिहीबार नेप्से परिसूचक २६ सय ३३ अङ्कमा बन्द भएको थियो । यो साता ४८ अङ्कले बढेर २६ सय ८१ अङ्क पुगेको हो ।चार कारोबार दिनमध्ये दुई दिन गिरावट र दुई दिन वृद्धि आएसँगै साताभरमा नेप्से सूचक २ प्रतिशतले माथि चढेको छ । यस क्रममा सेन्सेटिभ इन्डेक्समा १.५५ प्रतिशतको वृद्धि आएको छ । यद्यपि, परिसूचक बढे पनि यो साता कारोबार रकम भने घटेको छ ।गत साता नेप्सेमा २६ अर्बभन्दा बढी रुपैयाँको कारोबार भएको थियो । यो साता भने कारोबार रकम घटेर

साताको सेयर बजार : परिसूचकसँगै कारोबार रकम पनि घट्यो

यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा परिसूचकसँगै कारोबार रकममा गिरावट आएको छ । ५ दिन कारोबार भएको नेप्से परिसूचक साताभर ५१ अंकले घटेको हो । उक्त अंकको गिरावटसँगै नेप्से परिसूचक २९ सय २६ अंकबाट घटेर २८ सय ७५ अंकमा आइपुगेको छ ।साताभर ५ दिन कारोबार हुँदा चार कारोबार दिनमा नेप्से परिसूचकमा गिरावट आउँदा उच्च अंकको गिरावट आएको हो । सातामा सोमबार एकैदिन १६१ अंकले परिसूचक बढ्नुबाहेक अन्य कुनै दिन बढेन । यस्तै, साताको पहिलो कारोबार एकै पटक १०८ अंकको गिरावट आएको थियो ।साताको ५ कारोबार दिनमा ४२ अर्ब २५