११ दिनपछि बसेको कर्णाली प्रदेश बैठक एमालेद्वारा फेरि अवरुद्ध

सुर्खेत : असार १ गते कर्णालीको २०७८/०८९ को बजेट सार्वजनिक भएदेखि एमालेका कारण बस्न नसकेको कर्णाली प्रदेशसभा बैठक फेरि अवरुद्ध भएको छ।आज (शुक्रबार) बसेको कर्णाली प्रदेशसभाको आठौँ अधिवेशन अन्तर्गत १२ औँ बैठकको कार्यसूचीमै प्रवेश गर्न नपाई अवरुद्ध भएको हो। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद अवरुद्ध गरेको हो।यसअघि असार ४, ६, ८ र ९ गतेको सदन एमालेकै कारण सदन नै चल्न सकेको थिएन। तर आज दिउँसो २ बजे बसेको बैठक पनि १५ मिनेटमै स्थगित भएको हो। प्रतिपक्ष दल नेकपा एमालेले बजेटमाथिको छ

सम्बन्धित सामग्री

कर्णाली प्रदेश सभा बैठकमा एमालेले खोज्यो सरकार,बैठक अवरुद्ध

काठमाडौं,३० साउन । कर्णाली प्रदेश सभा बैठक अवरुद्ध भएको छ । मंगलबार बसेको प्रदेश सभाको ३१औं बैठकमा नागरिक उड्डयन प्राधिकारणको निर्णयले कर्णालीका नागरिकले भोग्नु परेको पीडामा सरकार मुकदर्शक बनेको भन्दै बैठक अवरुद्ध गरेको हो । नागरिक उड्डयन प्राधिकरणले दिउँसो १२ बजेपछि जहाज सञ्चालन नगर्ने निर्णय गरेको छ। प्राधिकरणले विमानस्थल तालिका अर्थात ‘अपरेसन आवर’ का कारणले […]

पहिरोले अवरुद्ध कर्णाली राजमार्ग खुल्यो

५ साउन, सुर्खेत । पहिरोका कारण अवरुद्ध कर्णाली राजमार्ग खुलेको छ । कालीकोटको पिलीमा पहिरो जाँदा बिहीबार दिउँसो अवरुद्ध भएको कर्णाली राजमार्ग पहिरो पन्छाएसँगै पुनः सञ्चालनमा आएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । बिहीबार विहान खाडाचक्र नगरपालिका–७ पिलिस्थित कर्णाली राजमार्गमा सडक माथिबाट पहिरो आएर राजमार्ग अवरुद्ध भएको थियो । सडक अवरुद्ध भएसँगै सुर्खेत–जुम्ला जाने […]

कर्णाली प्रदेश सभा: सहमति कार्यान्वयनबारे लिखित धारण माग्दै संसद अवरुद्ध

कर्णाली प्रदेश सभाको नवौं अभिवेशनको दशौं बैठकमा नेकपा एमालेले कर्णाली प्रदेश सरकारले यसअघि आफूसंग गरेको सात बुंदे सहमति कार्यान्वयनबारे लिखित धारणा माग गर्दै संसद अवरुद्ध गरेको छ।...

कर्णाली प्रदेश सभामा एमालेको अवरोध

सुर्खेत : कर्णाली प्रदेश सभाको नवौँ अधिवेशनको दशौँ बैठकमा प्रमुख प्रतिपक्षदले नेकपा एमालेले सरकारसँग भएको सात बुँदे सहमति कार्यान्वयनको जानकारी माग्दै अवरुद्ध गरेको छ। प्रमुख प्रतिपक्षी दल एमालेका प्रमुख सचेतक गुलावजंग शाहले यसअघि प्रदेश सरकारसँग भएको सात बुँदे सहमति कार्यान्वयन नभएको भन्दै जानकारी माग गरे। संसदमा जानकारी नभएसम्म बैठक अगाडि…

एमालेले फेरि अवरुद्ध गर्‍यो कर्णाली प्रदेश सभा वैठक

प्रमुख प्रतिपक्षी दल रहेको नेकपा एमालेले कर्णाली प्रदेशसभाको बैठक फेरि अवरुद्ध गरेको छ। आइतबार दिउँसो बसेको बैठक कार्यसूचिमै प्रवेश गर्न नदिएर एमालेका सांसदहरू उभिएर वैठक अवरूद्ध गरेका हुन्।

कर्णाली प्रदेशसभाको बैठक एमालेद्वारा पुनः अवरुद्ध

कर्णाली प्रदेश सभाको आठौं अधिवेशनको चौधौं बैठक पुनः अवरुद्ध गरेको छ । कर्णाली प्रदेश सरकारमा सामेल आफ्ना मन्त्रीहरुलाई सरकारमा सहभागी नहुन माग राख्दै संसद अवरुद्ध पारेको हो ।  विगत लामो समयदेखि...

कर्णाली प्रदेश : सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम पेश

सुर्खेत। कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले कर्णाली प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्। प्रदेशसभाको बैठक सुरु हुनासाथ प्रतिपक्षी एमालेले बैठक अवरुद्ध गरेपछि सरकारले नीति नथा कार्यक्रम पेश गर्न ढिला भएको हो।

पटक पटक अवरुद्ध कर्णाली प्रदेश सभा बैठक आज पनि बस्दै

२६ जेठ, काठमाडौं । कर्णाली प्रदेश सभा बैठक बुधबारको लागि पनि बोलाइएको छ । भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री अम्मरबहादुर थापालाई प्रदेश सभा बैठकबाट निकाल्न माग गर्दै प्रतिपक्षी दल एमालेले अवरोध गर्दै आएको सभा बुधबार दिउँसो २ बजेको लागि बोलाइएको हो । बजेट अधिवेशन सुरु भएपछि सोमबार र मंगलबार पटक पटक स्थगित भएको बैठक खुलाउने […]

एमालेद्वारा कर्णाली प्रदेश सभाको बैठक अवरुद्ध

कर्णाली प्रदेश सभाको वर्षे अधिवेशनको पहिलो बैठक एमाले सांसदहरूले अवरुद्ध गरेका छन् । भौतिक पूर्वाधारमन्त्री अम्मर थापाको राजीनामा माग्दै एमाले सांसदले प्रदेश सभाको बैठक अवरुद्ध गरेका हुन् ।  एमाले संसदीय दलका...

एमालेले अवरुद्ध गर्‍यो कर्णाली प्रदेश सभाको चौथो वैठक

नेकपा एमालेले कर्णाली प्रदेश सभाको चौथो वैठक अवरुद्ध गरेको छ। बुधबार बसेको वैठकको सुरुमा समय मागेर नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहले संसद अवरुद्ध गर्न आग्रह गरेका थिए।