प्रधानमन्त्री देउवाले काठमाडौंमै दसैं मनाउने

काठमाडौं, २७ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले यो वर्षको दसैं काठमाडौंमा नै मनाउने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा उनले दसैं मनाउने भएका छन् । उनले दसैंमा सबै सर्वसाधारणलाई टीका लगाउने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ । दसैंको अवसरमा विभिन्न भेटवार्तासमेत भैरहेको छ । अहिले प्रधानमन्त्रीको सरकारी निवासमा दसंैंको शुभकामना आदानप्रदानसमेत चलिरहेको छ । […]