नेपाली कांग्रेस पदाधिकारीको आकस्मिक बैठक बस्दै

काठमाण्डाै - नेपाली कांग्रेस पदाधिकारीको आकस्मिक बैठक आज बस्दैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले अलोकतान्त्रिक ढङ्गले नयाँ सरकार गठनका लागि २१ घण्टाको समय दिएको भन्दै नेपाली कांग्रेसले हिजो नै विरोध जनाइसकेको छ । बिहान नौ बजे सभापति शेरबहादुर देउवाको निवासमा बस्ने बैठकमा राष्ट्रपति भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेको विषय  र नयाँ सरकारको सम्भावनाका विषयमा छलफल हुनेछ । बैठकमा पदाधिकारी, पूर्व पदाधिकारी, संसदीय दलका पदाधिकारी र प्रभावशाली नेताहरू सहभागी हुनेछन् ।

सम्बन्धित सामग्री

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आज आकस्मिक बैठक बोलाइएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान १०ः३० बजे बस्ने बैठकबाट पार्टी केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरिको निधनमा शोक प्रस्ताव पारित गर्ने बताइएको छ । समाजवादी चिन्तक गिरिको ललितपुरको भैँसेपाटीस्थित मेडिसिटी अस्पतालमा क्यान्सर रोगको उपचारका क्रममा शनिबार राति ९.३० बजे...

कांग्रेस केन्द्रीय समितिको आकस्मिक बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको आकस्मिक बैठक आज बस्ने भएको छ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री नविन्द्रराज जोशीको शुक्रबार राति भएको निधनको सम्बन्धमा आज आकस्मिक बैठक बस्ने भएको हो।

कांग्रेस केन्द्रीय कार्य समितिको आकस्मिक बैठक बस्दै

नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको आकस्मिक बैठक आज बस्दैछ। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजेदेखि बस्ने भएको हो। बैठकमा प्रदेशसभा गठन र सञ्चालनसम्बन्धि विधान पारित हुनेछ। बैठकमा नेता मिनेन्द्र रिजालले विधानको मस्यौदा प्रस्तुत गर्ने र त्यसमा छलफल गरी पारित गर्ने तयारी रहेको कांग्रेस नेताले जनाकारी दिएका छन्। यस्तै बैठकमा प्रधानमन्त्री शेरवहादुर देउवाको राजीनामा, नयाँ…