नेप्से साढे १४ अङ्कले बढेर २ हजार विन्दुमा, २ अर्ब ४१ करोड रुपैयाँको कारोबार

काठमाण्डाै – लगातार तेस्रो दिन आज बिहीवार पनि शेयर बजार दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १४ दशमलव ७१ अङ्कले बढेर २ हजार १ दशमलव ५३ विन्दुमा पुगेको छ ।  आज सबै समूहको शेयर सामान्य बढेको छ । बजारसँगै कारोबार रकम पनि बढेको छ । एक सय २० वटा कम्पनीका ६२ लाख १० हजार कित्ता शेयर दुई अर्ब ४१ करोड १८ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै एनआईसी एसिया बैंकको ३० करोड रुपैयाँको शेयर किनबेच भयो ।  आज नबिल प्रगति फन्डकाे शेयर १० प्रतिशतले तथा माथिल्लाे तामाकोशी जलविद्युत् र ...