ओली पक्ष गल्यो, फागुन २३ पछिका सबै निर्णय खारेज हुनुपर्ने माधव पक्षको अडान कायमै

केही दिनयता लगातार बस्दै आएको नेकपा एमाले कार्यदलको बैठक आज पनि साढे ११ बजेदेखि सिंहदरबारमा बस्दैछ । विहीबार साँझ माधव पक्षका नेताहरु आक्रोशित बनेपछि आज ओली पक्ष केही नरम रुपमा प्रस्तुत भएको छ । शुक्रबार बिहानैदेखि दुई पक्षका कार्यदल सदस्यहरुवीच अनौपचारिक छलफल शुरु भएको छ ।‘आज उहाँहरु केही नरमरुपमा प्रस्तुत हुनुभएको छ, सहमतिमा आउने सम्भावना पनि देखिएको छ,’ माधव नेपाल पक्षका एकजना कार्यदल सदस्यले रातोपाटीसँग भने,‘ फागुन २३ यता उहाँहरुले गरेका एकलौटी निर्णयहरु सबै खारेज हुनुपर्छ