इन्डियन आइडलमा पौडेलको उच्च सम्मान

बलिउड अभिनेता रणवीर कपुरलगायतका कलाकार र सङ्गीतकारले नेपाली गायिका मेनुका पौडेलको उच्च प्रशंसा गर्नुभएको छ । पछिल्लो समय इन्डियन आइडलमा सहभागी भई आफ्नो प्रस्तुति दिइरहनुभएकी पौडेलको बिहीबारको प्रस्तुति हेरेपछि कपुरले उहाँलाई ‘सङ्गीतकी देवी’ भन्दै खुट्टा छुएर प्रशंसा गर्नुभएको थियो ।