काठमाडौं, पुष ४ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत खुलातर्फ केन्द्रीय सदस्यको मतगणना सकिएको छ । नेपाली कांग्रेसको केन्द्रिय पार्टी कार्यालय सानेपामा शनिबार सुरु भएको मतगणना आइतबार साँझ सकिएको हो । खुलातर्फ ३५ केन्द्रिय सदस्यका लागि ९९ जना उम्मेदवारी परेको थियो । निर्वाचन समितिले केहिबेरमा निर्वाचित ३५ जनाको नाम सार्वजनिक गर्ने छ ।